बागलुङकी बसन्ती बनिन् च्याम्पियन

आदर्श अनलाइन, बागलुङ
चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बागलुङकि बसन्ती बुढा मगर च्याम्पियन भएकि छिन ।

रोल्पा आई टि एफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न भएको च्यम्पियनसिपमा बसन्ती बुढा मगरले प्रथम स्थान हासिल गरेकी छिन । त्यस्तै काठमाडौकि पुजा खुलाल मगर दोस्रो स्थान मा सिमित भएकिछिन् भने पाल्पा कि निस्मा बस्याल तेस्रो भएकि छिन् ।

पाच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो जसमध्ये बसन्ती बुढा मगर ले ३१.५ अंक, पुजा खुलाल मगरले २९ अंक र निश्मा बस्याल ले २७ अंक प्राप्त गरेको जनाइएको छ ।

नेपाल आई टि एफ तेक्वान्दो महासंघका रेफ्री चेयरमेन प्रबिन कुमार कार्की को नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरि भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्बजनिक गरेको प्रतियोगिताका संयोजक तथा रोल्पा आई टि एफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरिबाट १२३ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।समापनका प्रमुख अतिथी नेपाल आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एसिया आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो आईटीएफ महासंघका सदस्य समेत रहनु भएका अन्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल बिकासमा मदत पुग्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।

पछिल्लो समयमा कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा यस खेल आयोजनाले खेलाडिहरुले घरबाटै पनि आत्म तयारी गरि खेल कौशल लाई अगाडि बढाउन अबसर र खेलाडीहरुलाई थप क्रियाशील बनाउने उदस्यस्वरुप भर्चुअल च्याम्पियनसिप आयोजना गरिएको कार्यक्रमका संयोजक बिक्रम बाठामगरले बताउनु भयो ।

यो महामारीका कारण खेलकुदका सबै गतिविधि रोकिएको यो समयमा बिक्रम ले भने यस्तो अबस्थामा खेलाडीलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ, तन्दुरुस्त, खेलमै कृयासिल बनाउन यस किसिमको प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

च्याम्पियनसिपमा पहिलो स्थान लिने प्रतियोगीलाई ७०००, दोस्रो लाई ५०००, र तेस्रो हुनेलाई ३००० रुपैया नगद पुरस्कार दिने निणर्य गरिएको थियो । जस्को प्रायोजन परिवर्तन गाउँपालिका २ राङ्सी भल्तुङ निवासी रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार समेत रहेका रोशन केसि ले सम्पुर्ण पुरस्कारको प्रायोजन गरेका थिए भने रोल्पा आईटीएफ तेक्वान्दो संघ ले बिशेष महिला खेलाडीहरुलाई थप हौसला र उर्जा दिन महिला खेलाडीलाई प्रमोद गर्नु पर्छ भन्ने हेतुले पहिले दिने भनिएको पुरस्कार मा रोल्पा जिल्ला संघले प्रथम हुने लाई ५००० दोस्रो र तेस्रो हुनेलाई ३००० रकम थप गरि प्रथम हुने बसन्ती बुढा मगर लाई रु १२,००० दोस्रो हुने पुजा खुलाल मगर लाई रु ८,००० र तेस्रो हुने निश्मा बस्याल लाई रु ६,००० रकम हस्तान्तरण गरेको संघ का सचिब कृष्ण प्रसाद बाठा मगर ले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *