फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती वेपत्ता

खेमराज अर्याल
बागलुङ

जिल्लाको पश्चिममा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवति वेपत्ता भएकी छिन् ।

तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेला घर भइ हाल काठमाडौ बस्दै आएकी घनदेवी भनेर चिनिने अन्दाजी ३२ बर्षिया देवी शिर्पाली बडिगाड खोलामा खसेर वेपत्ता भएकी हुन् ।

बुर्तिबाङको निर्माणाधिन लक्ष्मीकुण्ड घाट पुलदेखी करिब ३० मिटर तल खोलाको ठुलो ढुंगामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेकी थिइन् । खोलामा खसेकी उनलाइ खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अर्जेन्टिनाका एक नागरिकलाइ आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशै मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिवार बुर्तिबाङ बजारमा बसेका थिए । विहान घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । खोलाले बगाएको थाहा पाए लगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको बताए । सिर्पालीलाई खसेको ठाउँबाट करीब ४ सय मिटर तल रिभरहेड सम्म खोलाले बगाउँदै लगेको स्थानियले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *