२१ फारार अभियुक्त पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुँन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार यस अघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । शनिबार र आइतबार पक्राउ पर्नेमा ८ दिन देखी २० वर्ष सम्म कैद तोकिएका र रु. १०० देखी रु. एक लाख २५ हजार जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् ।

प्रहरीका अनुसार बरेङ गाउँपालिका–३ का घनश्याम पौडेल र कोपिला पौडेललाई बहुबिबाह मुद्दाको कार्यान्वयन हुँन बाँकी रु पाँच हजार रकम र एक वर्ष कैद भुक्तान गर्न, निसीखोला गाउँपालिका–६ का सूर्य बहादुर बुढालाई लागु औषध मुद्दामा ४ महिना १६ दिन कैद, सोही स्थानमा कुमार बुढा मगरलाई लागुऔषध मुद्दामा दुई हजार जरिवाना र ६ महिना कैद, गालीबेइजेती मुद्दामा ढोरपाटन नगरपालिका–८ का टेक बहादुर कामीलाई रु.१०० जरिवाना, डाँका मुद्दामा निसीखोला गाउँपालिका–३ का मान बहादुर शाही २० वर्ष कैद र ७५ हजार जरिवाना, सवारी ज्यान मुद्दामा ढोरपाटन–४ का गोविन्द गोविन्द बिक २४ दिन कैद र एक हजार जरिवाना, करणी मुद्दामा ढोरपाटन–२ का अर्जुन कुँवर २ वर्ष ६ महिना कैद, सोही मुद्दाकै ढोरपाटन नगरपालिका–४ का धन बहादुर अग्रेजा पाँच वर्ष कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

यस्तै सार्वजनिक अपराध मुद्दामा बडिगाड गाउँपालिका–७ का गोपाल बि.क एक हजार ३७५, लुटपिट मुद्दामा निसीखोला गाउँपालिका–६ का आशे बुढा मगर ३२ हजार ५०० जरिवाना, सार्वजनिक अपराध मुद्दामा गलकोट नगरपालिका–४ दुर्गा बहादुर मल्ल एक हजार ४७५ जरिवाना, सोही मुद्दामा काठेखोला गाउँपालिका –७ साहिल नेपाली एक हजार १०० र डिल बहादुर कुँवर ५०० जरिवाना, सवारी ज्यान मुद्दामा काठेखोला गाउँपालिका–१ का शसिलाल थापा ८ दिन कैद र दुई हजार जरिवाना भुक्तानका लागि पक्राउ गरिएको हो ।

त्यसैगरी चोरी मुद्दामा काठेखोला गाउँपालिका–५ का हर्क बहादुर सुनार एक हजार जरिवाना, सार्वजनिक अपराध मुद्दामा जैमिनी नगरपालिका–५ राम शर्मा ४ हजार ८५० जरिवाना, जालसाजी मुद्दामा जैमिनी नगरपालिका–२ सुरेन्द्र सापकोटा एक लाख २५ हजार जरिवाना, सोही मुद्दाका काठेखोला गाउँपालिका–३ का थम्मन बहादुर बिक चार हजार १६६ जरिवाना, भविलाल कार्की चार हजार १६६ जरिवाना र सार्वजनिक अपराध मुद्दामा गलकोट नगरपालिका–११ गोपाल राजवंशी चार हजार ८५० जरिवाना असुल गर्नका लागि पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *