एसिड आक्रमण र अध्यादेशले जगाएको आशा

सम्पादकीय
एसिड आक्रमण नेपालमा गम्भीर अपराधको रुपमा देखा परिरहेको छ । खासगरी आफ्नो प्रस्ताव अस्वीकार या आफ्नो स्वार्थ पुरा नहुने अवस्थामा प्रतिशोध साध्नका लागि यो एक हतियारको रुपमा प्रयोग हुने गरेको छ । एउटै घटनाले जीवनभर ठुलो पीडा र सकसका बीच बाँच्नुपर्ने बिवशतामा पु¥याउनु गरेको छ । एसिड आक्रमण पछिको पीडा शारिरिक त छँदैछ, त्यो भन्दा भयानक पीडा त यसको उपचारमा लाग्ने खर्च र एसिड आक्रमणमा सम्लग्नहरु माथि हुने फितलो कारवाही हो । जसले जीवनभर कहिल्यै नमेटिने दाग लगाएर अनुहार कुरुप पारिदिन्छ, त्यो खुलेआम आफ्नै आँखा अगाडी छाति खोलेर हिँड्ने परिपाटीले एसिड आक्रमणबाट पीडित भएकाहरुलाई अझ बढी आहत बनाइरहेको छ ।

यही असामान्य पीडाका बीचमा एसिड आक्रमण गर्नेहरुका लागि नयाँ अध्यादेश आएको छ । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजायको व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास पनि गरेको छ । अब यो राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ । एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था हालकै मुलुकी अपराध संहितामा छ । अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ । आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड आक्रमण भएका छन् । यो तथ्याङ्क छिमेकी राष्ट्रहरूको तुलनामा निकै कम हो तर आक्रमणले पीडित माथि परेको घाउ र पीडा धेरै ठुलो छ । यसले सामान्य पृष्ठभुमीका युवायुवतीको उपचारमा घरखेतनै हुने अवस्था विद्यमान छ । तर, अहिलेको अध्यादेशले एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचार सुनिश्चित गरेको छ । साथै पीडितहरुका नाममा सहयोग उठाउन समेत रोक लगाएको छ । यसले एक त एसिड आक्रमण नै रोक्नमा कानुनी राजको प्रत्याभुति दिलाउन भुमिका खेल्नेछ भने अर्को तर्फ एसिड आक्रमणमा परेका र तीनका परिवार उपचार गर्न ठुलो धनराशी लाग्ने पीडाका कारण भोग्नुपर्ने थप पीडामा पनि ठुलो राहत प्रदान गर्नेछ । तर,अझै संशय के बाँकी छ भने यसरी एसिड आक्रमणमा पर्नेहरुलाई नेपालमा झञ्झटिला प्रक्रिया र प्रणालीमा पनि उस्तै प्रवृत्तिजन्य समस्या छ । । यसलाई सरल बनाउने तर्फ पनि ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *