सरोजराज पन्त
कृषि प्रधान देश नेपाल आज अरबौ रुपैयाको प्याज, गोलभेडा, अन्य तरकारी, खाध्य उत्पादन लगायत माछा, मासु आदि आयात गर्न विवश छ । भौगोलिक अवस्था, हावा–पानीमा विविधता रहेको नेपालमा आजसम्म पनि ६५ प्रतिशत मानिस कृषि पेशामा सम्लग्न रहेका छन । कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । बर्षेनि अरबौको कृर्षि उत्पादन आयात गर्ने नेपालले विश्वका विकसित राष्ट्रमा १५ प्रतिशत मानिस कृषिमा आश्रित हुँदा देशलाई आवश्यक पर्ने सम्पुर्ण उत्पादनमा आत्मनिर्भर भएको तर नेपालमा ६५ प्रतिशत मानिसहरु कृषिमा आवद्ध हुँदा औसतमा ६ महिना खानसम्म पुग्ने अवस्थाको बिश्लेषण गरी कार्ययोजना बनाएर काम गर्न सकेको छैन ।
नेपालमा यो अवस्था सृजना हुनुमा राज्य , राज्यको नीति , शासन पद्धति जिम्मेवार रहेका छन भने पढेकाले थलो र हलो छोडनु, उपभोक्ता बादी सस्कार बढ्दै जानु रहेका छन । यस्तो नेपालमा प्रचुर सम्भावनाको खानीभित्र बसेर मृगले विनाको बास्ना खोज्न भौतारिएजस्तो युवाहरु बैदेशिक रोजगारमा भौतारिन विवशपारी र रेमिट्यान्सले देश चलाउन सरकार लालाहित छ । बेरोजगार मुख्यसमस्या रहे तापनि सरकारले कृषि क्षेत्रमा यथेष्ट अध्ययन अनुसन्धान गरी ठोस योजना निमार्ण गरी कार्यान्वयन गर्न नसक्दा अपेक्षित सुधार हुन सकेको छैन । नेपालको करिव दुई तिहाइ जनसंख्याको रोजगारी र जीविकोपार्जनको आधार कृषि पेशा रहेको छ । त्यसैले कृषि क्षेत्रको विकास नभएसम्म जनताको आर्थिक स्थितिमा सुधार आउन सक्ने सम्भावना रहेको देखिदैन । आर्थिक रुपले गर्दा जनशक्ति दिनानुदिन विदेशिने क्रम बढ्दै जाँदा कृषि क्षेत्रमा बढ्दै गइरहेको श्रमशक्तिको अभाव, कृषि उत्पादनमा बढ्दो उत्पादन लागत, कृषि भूमिको गैर कृषि कार्यमा प्रयोग, जलवायु परिवर्तनको नकारात्मक प्रभाव, उत्पादन सामाग्रीहरुको अप्रयाप्त आपूर्तीले गर्दा कृषिक्षेत्रमा आशातित उपलब्धि हासिल हुन सकेको छैन ।
नेपालको कृषिमा आधुनिक रुपान्तरण गर्ने, कृषिमा अहिलेको अवस्थाले के घाटा छ ? किसानहरु किन कृषिमा आर्र्किषत छैनन भन्ने विश्लेषण गरेपछि मात्रै भविष्यको बाटो पहिल्याउन सकिन्छ । अहिले कृषिमा गरिएको साना किसान लक्षित सरकारी अनुदान र सहयोग बिचौलियाले हत्याएका छन । कृषि उत्पादनको बजारिकरण, आयात, निर्यात, आयात प्रतिस्थापन गर्ने सही रणनीति बन्न सकेको छैन । सरकारले आयात तथा निर्यात सम्बन्धी नीतिमा आवश्यक सुधारगरी र व्यवस्थित वितरण प्रणाली कायम गर्न सके कृषिक्षेत्र आत्मनिर्भर बन्न सक्दछ । यद्यपि नेपालमा उत्पादित कृषि उपजहरु बजारसम्म पुग्न नपाई खेर जाने अबस्था छ भने आयातित वस्तुहरु हिमाल,पहाड र तराईसम्म सहजै पुगिरहेका छन् । कृषि क्षेत्रमा बिचौलियाको विगविगी दिनहँु बढिमात्र होइन उनीहरुले मूल्य र गुणस्तरमा दोष देखाएर किसानबाट कम मूल्यमा खरीद गर्ने, बढी मूल्यमा बिक्री गरी कृषकहरुको शोषण भइरहेको छ । राज्यले सही समयमा उपयुक्त तरिकाले कृषि क्षेत्रमा लगानी गरी,उत्पादन ,व्यबस्थापन र प्रयोगमा उपयुक्त रणनीति बनाएर समस्या समाधान गरेन भने कृषिमा गरेको लगानी बालुवामा पानी हाले झै भईरहने नै छ ।
जमीनको स्वामित्व र प्रयोगको अवस्था हेर्दा जसको जमीन छ उसले खेती गर्देन, जसको जमीन छैन उसले खेती कहाँ गर्ने भन्ने समस्या छ । उत्पादन हुने जग्गा पलटिङ्ख गरी सकिदैछ, गाउँमा युवा छैनन, भुराभुरीर बुढाबुढीमात्र छन । खेती गर्ने जो किसान तयार फर्किएर छन्, कृषि क्षेत्रमा गरेको लगानी नउठेर हैरान छन खेर गएका वस्तुबाट व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ भन्ने ज्ञानको अभावले कृष्मििा विविध सम्भावनाको खोजिगर्न सकिएको छैन जसमा केरा र मेवाको फलबाट तरकारी, अचार, जाम, जूस, जेली, सर्वत र सस आदि र पातबाट टपरी, कम्पोष्ट मल सहज रुपमा उत्पादन गर्न सकिन्छ । लप्सीबाट क्याण्डी, जाम–जेली, अचार,अल्लो (चाल्ने सिस्नो)बाट कपडा बनाउन सकिन्छ । जडीबुटीको हिसाबले नागवेली, सुनाखरी, सुगन्धित तेल उत्पादन गरि आत्मनिर्भर बन्न सकिन्छ । यस्तै च्युरीबाट हर्वल साबुन उत्पादन गर्न सकिन्छ । जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न, बोक्राबाट पाउडर, क्रिम बनाउन सकिन्छ । अहिलेको सकटमा बाझो ,फालिएको जग्गामा कम्तिमा केरा र मेवा लगाउन सकेमा आफनो परिवारलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
तरकारी खेतीबाट ग्रामिणक्षेत्रको बेरोजगारी समस्या समाधान गरी आर्थिक स्थितिमा सुधारल्याउन, आर्थिक वृद्धिदर बढाउन, तरकारी खेतीबाट नगद आम्दानी गरी युवा जनशक्तिलाई आकर्षित गर्न सकिन्छ । अर्कोतर्फ फुर्सदिलो समयको उपयोगगरीे ताजा तरकारीको माग पुरा गर्न सकिन्छ । तरकारी खेतीतर्पm आकर्षित महिलाहरुको जीवनमा आर्थिक, शैक्षिक, स्वास्थ्य स्थितिमा सुधार गर्न सक्ने देखिन्छ । ब्यवसायिक तरकारी खेतीले व्यक्ति, घरपरिवार, समाज र राष्ट्रको आर्थिकवृद्धिमा गरी सबल बन्न सकिन्छ । आर्थिक बृद्धि र चेतनाको अभिवृद्धिकोकारण पोषणयुक्त ताजा तरकारी, माछा–मासु, फलफूल तथा सरसफाइको चेतनाले सरसफाइ तथा घरको ब्यबहार सम्बन्धि निर्णय प्रक्रिया र महिलाको भूमिकामा परिर्वतन गरी बेरोजगारयुक्त युवा–युवतीलाई रोजगार प्रदान गर्न सकिन्छ ।
साना कृषकहरुको आयस्तरमा बृद्धिगर्न लघु सिंचाइ प्रविधिमा ढिकी, पम्प, थोपा सिंचाइ, फोहोर सिंचाइ र साना तथा सस्ता डिजेल पम्पको प्रवद्र्धनगरी बेमौसमी तरकारी उत्पादनगर्न र उत्पादित वस्तुको बजारीकरण गर्न, साना किसानहरुका लागि मलखाद, उन्नत बीउ, विषादी, कृषि औजारहरु, तरकारीसँग सम्बन्धित उन्नत प्रविधिहरुको पहुँच विस्तारगरी समक्ष बनाएमा फलफुल, तरकारी, तरकारीको बीउ उत्पादनहुने, मौसमी गाजर, बेमौसमी काउली, काँक्रो, भन्टा, सिमी, बन्दा, टमाटर खेती गरिने भएकोहुँदा मौसमी गाजर र बेमौसमी काउलीको उत्पादन गर्न सकिन्छ ।
कृषिक्षेत्रबाट आर्थिक विकासको फड्कोमार्न ताजा तरकारी, तरकारीको बीउ–बिजन, कफी, लप्सी, सुन्तला र महको ब्यवसायिक उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारगर्न सकिने प्रशस्त सम्भावना रहेका छन । तरपनि अहिले स्थानिय बीउको प्रयोगको सट्टा आयातीत बीउको प्रयोगले देशमा मौलिक तरकारीका बीउ–बिजन लोपहुने अवस्था छ । आयातित वर्णशङ्कर (हाइब्रिड) बीउको प्रयोगलेगर्दा करोडौं रुपैया विदेशीएको छ भने परनिर्भरता बढ्दै गएको छ । यसैगरी अर्को पटक बीउ उत्पादनगर्न प्रायः असम्भव हुने र यदि उत्पादन गरिएपनि त्यो गुणस्तरीय नहुने र महँगो हुने भएकोले यसबाट धेरैजसो कृषकहरु लाभान्वित हुन सकेका छैनन् । त्यसैले स्थानिय मौलिक बीउ–बिजनको प्रयोग गर्न र आयातीत बीउ–बिजन रोक लगाउनु पर्ने अवस्था छ ।
यसैगरी कृषि पेशा अन्तर्गत बागवानी, पशुपालन, अन्नबाली, नगदेबाली, दुग्ध उत्पादन, मत्स्यपालन, तरकारी खेती आदि पर्दछन् । पशुपालनमा गाई, भैँसी, बाख्रा, कुखुरा, माछा, हाँस, परेवा आदि घरपालुवा जनावरको ब्यवसायबाट प्रसस्त फाइदा लिन सकिन्छ । गाई, भैंसीबाट आवश्यकपर्ने दुध–दुग्धजन्य पदार्थ घ्यू, मही, दही, छुर्पी, चीज र बाख्रा, कुखुरा, हाँस,माछा आदिबाट मासु प्राप्त गर्न र पशु–पंक्षी विक्रीबाट समुदाय सेवासँगै आम्दानीहुनुको साथै तरकारी खेतीको लागि चाहिने प्राङ्गारिक (कम्पोष्ट) मलको प्रयोग गरी रासायनिक मलको प्रयोग कम गर्न सकिन्छ यद्यपि अहिले रासायनिक मल, विषादी प्रयोगले माटोको उर्वराशक्ति घट्दै जाने र मानिसमा छाला चिलाउने, आँखा, नाक पोल्ने, घाँटी–छाती खराबहुने, स–साना केटाकेटीहरुमा ज्वरो आउने गरेको पाइन्छ । माक्स एप्रोन् प्रयोग गर्ने भएपनि रासायनिक मलको प्रयोगले स्वास्थ्य र जैविक वातावरणमा नकरात्मक प्रभाव पारेको छ ।
हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको विकासमा कृषिक्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले कृषिपेशा अन्तर्गत वागवानी, पशुपालन, दुध उत्पादन, मत्स्यपालन, फलफूल खेती, अन्नबाली तथा तरकारी खेतीबाट फाइदा लिन सक्नु पर्दछ । आदि पर्दछन् । निर्वाहमूखी कृषि प्रणालीबाट ब्यवसायिकरण गनर्, वैदेशिक रोजगारीका लागि युवा जनशक्तिको पलायन, कृषि सामाग्री आपूर्तीको कमजोर स्थिति, माटोको उत्पादकत्वमा ह्रास, कृषिमा यान्त्रिकरणको अभाव र बढ्दो लागत, आयातित कृषिजन्य वस्तुहरुसँगको प्रतिस्पर्धा, कृषिभूमिको अत्यधिक खण्डीकरण, अब्यबस्थित सहरीकरणले भू–उपयोगमा भईरहेको परिवर्तन र जलवायु परिवर्तन जस्ता कारणले कृषिक्षेत्रमा आशातीत उपलब्धि हुन नसकेको चुनौतीहरु अबिलम्ब समाधान गर्नु पर्ने देखिन्छ । हावापानी र भौगोलिक, उपयुक्त वातावरण , कृषिक्षेत्रमा लगानीको कमीले आवश्यक ताजा तरकारी उत्पादनगर्न नसकिएको अवस्था छ । यस्तो अभावलाई पूरागर्नको लागि छिमेकी मूलुकबाट आयात गर्नु पर्ने अवस्था छ । नेपालमा ताजा तरकारीको आवश्यकता पूरा गर्न तरकारी खेतीको ब्यवसायिकरण गर्दैजानु, विकास र विस्तारगर्नु आवश्यक छ ।
नेपाली समाज जसरी अनेकतामा छिरलिएको छ भने काममा पनि यस्तै विभिन्नता मतान्तर देखिन्छ । पढेकाले खेतीपाती, पशुपालन र घरपरिवारको काम गर्न नचाहने प्रवृतिले शिक्षित बेरोजगारको संख्या नेपालमा बढ्दै गएको छ । नेपालमा शिक्षित बेरोजगार समस्या बढ्दै जानुमा व्यावसायीक शिक्षाको अभाव रहेको छ । यसैगरी शिक्षामा ज्ञान तहलाई प्राथमिकता दिनु तर सीप र क्षमता अभिवृद्धि, सक्षमता तर्फ कम ध्यान जानु अर्को कारण रहेको छ । परनिर्भता बढ्नु, स्वदेशमा प्रशस्त उद्योग धन्दा, कलकारखाना नहुनु, कृषि क्षेत्रमा क्षमतावान, पढेका व्यक्ति संलग्न नहुनु र हुनु नखोज्नु कृषिबाट जिविको पार्जन गर्न ग्राहो हुन, शिक्षालाई भन्दा धनलाई बढी प्राथमिकता दिने प्रकृति हावी हुनु, राज्य स्तरबाट रोजगार सृजना गर्न र जनशक्ति व्यवस्थापन गर्ने रणनीति बनाएर कार्यक्रम नल्याउनु, पाठ्यक्रम परम्परागत ढंगको हुनु, युगीन माग र आवश्यकता अनुरुप शिक्षालाई व्यवस्थित गर्न नसक्नु, दातृ निकाय केन्द्र शिक्षा नीति बनाइनु, माग केन्द्रित, आवश्यक केन्द«ीत शिक्षा तर्फ सरोकार निकाय मौन हुनुका कारण आज सर्वसाधारण कृषिकार्य बोझिलो, क्रृणको पोको बन्न पुगेको छ । यस्तो अवस्थामा नगदे वाली, वेमौसमी खेती, केरा र मेवा, सुन्तला, लप्सी, अलैची, चिया,अलैची,कफी कादि खेती, बाख्रा, माछा, कुखुरा, मौरी, गाई भैसी पालनमा राज्यले लगानी बढाउने र आबश्यक तालिम दिन बिशेष ध्यान दिनु पर्ने देखिन्छ ।
खेतीमा रासायनिक मल तथा विषादीको गलत प्रयोगले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको छ । स्थानिय उपचार जस्तैः खरानी, सुत्री, गाई, भैँसीको गहुँत–गोबर, तितेपाती, खुर्सानी, बोझो, नीम, केतुकी, बनमारा, खिर्रो, टीमुर आदिको प्रयोग हुन छाडेको छ । विषादीको प्रयोगले हानीकारक कीट–पतङ्गर र झारपातमात्र नष्ट नभइ उपयोगी जीव गड्यौला, मौरी, रेशमी किरा, पुतली, भ्यागुता, बारुला, माकुराहरु समेत नष्टहुनु चिन्ताको विषय बन्दै गएको छ ।
के नेपालले पहाडी देश स्विजरल्याण्डको विकास प्रणाली र स्रोत व्यवस्थापन, प्राकृतिक स्रोत साधनले कमि रहेको जापानको कार्य पद्धति, मरुभूमिको देश इजरायलको विकास प्रणालीबाट सिकेर विकास गर्न सक्दैन र !
कृषिमा अब ढिला नगरी राज्यको लगानी, भू–राजनीति, सम्बद्ध संघसंस्था, जनस्वास्थ्य, शिक्षा, वन, जडिबुटी, पशुपालन आदिको एकीकृत कार्यक्रम बनाएर अगाडि बढाउन जरुरी छ । आज युवाहरु स्वदेशमा बेरोजगार भइ भौतारिरहदा कृषिलाई व्यावसायीकरण गर्नसके विदेशिने युवाहरुलाई स्वदेशमै कमाउन, रमाउन बौद्धिक र पलायन रोक्न सकिन्छ । देशको विकास र समृद्धिको लागि युवाहरुको प्रधान भुमिका रहेको हुँदा युवा पलायन रोक्न र स्वदेशमा परिचालनको लागि गहन अध्ययन, अनुसन्धान गर्न धेरै ढिला भएको छ । भोलिवादले लादेको समाजलाई दिशानिर्देश गर्न समाज र देशकोे भुगोल बुझेर, समय, अवस्था र आवश्यकताको संवेदनशीलतालाई आत्मसाथ गरी कृषिमा आत्मनिर्भर हुन जरुरी छ । यो समस्या समाधान गर्न अव परिवार, समुदायसगैँ सबै तहका सरकारहरु नतिजामुखी काममा लाग्नु पर्दछ ।