टमाटरमा ओइले रोगको प्रकोप

आदर्श अनलाइन, बागलुङ
२० वर्षदेखि व्यवसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गंगा थापा अहिले निराश हुनुभएको छ । यो सिजनमा फल्ने अवस्थाका टमाटरका विरुवा धमाधम मर्नथालेपछि किसान थापा निरास हुनुभएको हो । फलामको स्थायी चार टर्नेलमा लगाइएको टमाटर खेती सुकेपछि यो सिजनको टमाटरमा लगानी खेर गएको थापाको भनाई रहेको छ । टमाटरमा ओइले रोगको प्रकोपका कारण यो सिजनमा एउटा दाना पनी टमाटर उत्पादन गर्न नसकिने थापाले बताउनुभयो ।

थापाले २० वर्षदेखि बागलुङ नगरपालिका–३ कृषि गाउँमा १४ रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा तरकारी तथा च्याउ खेती गर्दै आउनुभएको छ । “टर्नेलमा टमाटर सुकेपछि अहिले धमाधम टमाटर हटाउन थालेको छु” थापाले भन्नुभयो “ओइले भन्ने मौसमी रोगका कारण टमाटर सुक्दै गएको हो, यस्को पुरै निको गर्ने औषधी हुँदैन ।” थापाका अनुसार लगातार एउटै बाली लगाउने स्थानमा यस्तो रोगको प्रकोप बढी हुन्छ ।

सधै तरकारी खेती गरेको स्थानमा रोगको प्रकोप देखिन्छ, मेरो मात्रै हैन कृषि गाउँका अन्य कृषि फर्ममा समेत यो समस्या रहेको भन्दै कृषक थापाले यसको समाधानका लागि पुन चार पाँच वर्षमा एक पटक धान, गहुँ खेती गर्न आवश्यक रहेको बताउनुभयो ।

माटोमा एकै प्रकारको खेती गर्दा खेतीयोग्य जमनिमा हुँने अम्लिय पदार्थ लगायतका तत्वहरुका कारण विभिन्न रोगको प्रकोप हुँने भएकाले कहीलेकारी तरकारी खेतीमा अन्नबाली लगाउनुपर्नै आवश्यकता देखिन्छ ।

ओइले रोगका कारण गंगा थापाको मात्रै एक सिजनमा एक लाख भन्दा बढी क्षति भएको छ । यस्तो समस्या कृषि गाउँमा मात्रै नभएर अन्यत्र समेत आउने अगुवा किसान गंगा थापाको भनाई रहेको छ । कृषि गाउँमा मात्रै ५० जना भन्दा बढी व्यावसायिक कृषहरुले तरकारी, कुखुरा, माछा, बंगुर तथा गाईपालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *