आदर्श अनलाइन, पोखरा
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको
एनआइसियुमा भर्ना गरिएको छ । त्यस्तै अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १/१ जना पुरुष रहेका छन् ।
संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।