अबरुद्ध सालझण्डी–ढोरपाटन सडक सुचारु

अदर्श अनलाइन, बागलुङ

बाढीले सडक बगाउँदा अबरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडकको बोबाङ खण्ड करिब एक महिनापछि सुचारु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकामा भदौं १७ गते राती आएको बाढीले नेपालकै एक मात्र शिकार आरक्ष रहेको ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएपछि सडक सञ्जाल टुटेको थियो ।

बाढीले क्षतिपु¥याए पछि अबरुद्ध बनेको सडक २९ दिपछि पूर्ण रुपमा सञ्चालनमा आएको सालझण्डी–ढोरपाटन सडक आयोजनका ईन्जिनियर सेरेश चौधरीले जानकारी दिनुभयो ।

“सडक अबरुद्धभएपछि भदौं २१ गतेदेखि आयोजनाले काम थालेको थियो” इन्जिनियर शर्माले भन्नभयो “बाढीले भत्काएका स्थानमा नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याएपनि पुरानै स्वरुपमा फर्काउन समय लाग्नेछ ।”

आयोजनाले सडकलाई पुरानै स्वरुपमा फर्काउनका लागि झण्डै ६० करोड खर्च लाग्ने लागत अनुमान गरी अर्थ मन्त्रालयमा बजेट माग गरी पठाइसकेको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका प्रमुख जयलाल मरासिनीले बताउनुभयो । आयोजनाले अहिले ट्रयाक खुला गरी बाढी ग्रस्त क्षेत्र द्वाला भन्दा माथी देउरालीडाँडा सम्म सडक मर्मत पछी सुचारु गरेको छ ।

सडक सुचारु गरेपनि थप मर्मतकार्य भने जारी रहेको आयोजनाको भनाई हरेको छ । आयोजनाका इन्जिनियर चौधरीका अनुसार अहिले देउरालीडाँडामा पहिरो हटाएर सडक सुचारु गरेको बताउँदै देउरालीका थप केही दिन सडक मर्मतकार्य चलिरहेने छ ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक सहित ११ लघुजलविद्युत आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको थियो । बाढीमा २२ जानले ज्यान गुमाए भने १५ जना अझै वेपत्ता रहेका छन् ।

ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको थियो । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वार सम्मको सडक ठाउँ–ठाउँमा बगाएर बगरमा परिणत गरेको थियो । सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक सञ्चालनमा आएपनि पुरानै अवस्थामा फर्काउन एक वर्षभन्दा बढी समय लाग्ने आयोजनाको भनाई छ ।

भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गरिएको हो । सडक सञ्चालनका लागि ढोरपाटन नगरपालिकाले समन्यव गरको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *