बागलुङमा थप ६ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निसीखोला गाउँपालिकाका ३ जना र गलकोट नगरपालिकाका ३ जना रहेका छन् ।

संक्रमित हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ३ का २६, ३१ वर्षीय पुरुष, वडा नम्बर ५ का २० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय पुरुष, वडा नम्बर ३ की २३ वर्षीया महिला र सोही वडा का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका पप्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

संक्रमित मध्ये निसीखोलाका ३ जना भारतबाट आएको र गलकोटका एक जना रौतह र अन्य २ जना विदेशबाट आएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *