ढोरपाटनका बाढी पीडितलाई राष्ट्रिय युवा संघ बागलुङको सहयोग

आर्दश अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ बागलुङले ढोरपाटनका बाढी पीडितलाई बुधबार राहात वितरण गरेको छ । भदौ १७ गते ढोरपाटनको भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरापलिका वडा नम्बर ७, ८ र ९ मा ठूलो क्षेती पुराएको थियो ।

बाढीमा परी ज्यान गुमाएका २३ परीवारलाई राहात वितरण गरेको राष्ट्रिय युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगरले बताउनुभयो ।

राष्ट्रिय युवा संघ बाढी पीडितका यस अगाडी पनि नेपाल कम्निस्ट पाटीलाई राहात उठाएर २ लाख ३५ हजार ५ सय रुपैया हस्तान्तरण गरेको थियो । अहिले पुनः संकलन गरे दिएको घर्तीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघका सदस्य सुजन के.सी को नेतृत्वले उठाएको रकमले चामल, प्रेसर कुक्कर र बलाङकेट खरिद गरेर हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ बागलुङका सह–संयोजक रमेश घर्तीले जानकारी दिनुभयो । राहात कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरी बहादुर घर्ती मगरले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य झमन पाण्डे, अनेरास्ववियु बागलुङका संयोजक मिलन काउचा, सुजन के.सी, सुवास खत्री लगाएतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *