संकटमा सहकारी बहसः अबको बाटो र विकल्प ?

कोरोना भाइरस (कोभिड १९) का कारण मानिसको जनजीवन लयमा छैन । विश्व अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि पछिल्लो ६ महिना यता कोरोना संक्रमण र जोखिमका कारण जीवन र दैनिकी सकसपूर्ण बनिरहेको छ । कोरोनाका कारण धौलागिरीमा स्थापित सयौ सहकारी आफ्ना शेयर सदस्यलाई मुनाफा बाँड्ने बेला सम्म अब के गर्ने भन्ने अन्यौल र द्विविधामा देखिन्छन् । अहिलेको कोरोना संकटमा सहकारीको साधारणसभा कसरी गर्ने ? लामो समय अर्थतन्त्र प्रभावित भइरहेको संकटको समयबाट सहकारीलाई कसरी पुरानै लयमा फर्काउने ? आफ्ना शेयर सदस्यलाई यो कठिन क्षणमा कसरी सहयोग गर्ने र सहकारीको पृथक योगदानको अपनत्व र अनुभूति दिलाउने ? यी र यस्ता प्रश्नको सेरोफेरोमा आदर्शकर्मी साधना पन्तले धौलागिरीका विभिन्न सहकारीकर्मीहरुसँग सहकारीको अबको बाटो र विकल्पमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

अजुर्न शर्मा
प्रबन्धक
आस्था सहकारी , बागलुङ

विश्व यतिबेला कोभिड १९ को महामारी सँग जुधिरहेको छ । राज्य तथा जनताको तर्फबाट यस विरुद्घ सम्भव भए सम्मका सबै विकल्पहरुको प्रयोग भइरहेको छ । यसबाट समग्र मानव जाती माथिनै चुनौती खडा भएको छ । यसको प्रभाव अझै पनि छ र कहिले सम्म रहन्छ भन्ने एकिन छैन । यसको प्रभावका बीच पनि आफ्ना सदस्यहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न सहकारी सक्रिय छन् । सरकारले बन्दाबन्दीको कानुन पालना गर्न गराउन आग्रह ग¥यो, तब सहकारीका कार्यालय पनि प्रायः बन्द भए । तर, सदस्यहरुलाई सहजताका लागि हामीले आकस्मिक सेवाका लागि फोन नम्वर उपलब्ध गरायौ । यसले सदस्यहरुलाई आर्थिक संकट परेको बेलामा सहयोग पु¥यायो भन्ने लाग्छ । यो अवधिमा प्राय सदस्यहरुको आर्थिक अवस्था कमजोर भएको छ । त्यसैले हामीले असार मसान्त सम्ममा ऋण व्याज भुक्तानी गर्नुहुने सदस्यहरुलाई व्याजमा छुट साथै समय अवधि समेत थप ग¥यौ । र आवश्यकता अनुसार अप्ठेरो परेका सदस्यहरुलाई सहजिकरण गर्दै ऋण परिचालन गरेका छौं । सेवा लिन आउने सदस्यको सुरक्षाको ख्याल गर्दै कार्यालयमा हात धुने र सेनिटाइजरको व्यवस्था समेत गरिएको छ ।

हाम्रो सहकारीको लेखा परीक्षण सकिएको छ । नियमतः पौष मसान्त सम्ममा साधारण सभा सम्पन्न गर्नुपर्ने छ । सायद त्यस बेला सम्ममा सहज वातावरण होस् भन्ने आशा हो । यस बीचमा सञ्चालक समितिको बैठक बसी संस्थाको आवश्यक नीति, योजना, बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा गर्ने, वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन निर्माण गर्ने कामहरु अगाडी बढ्ने छ । साधारणसभाका लागि आनिवार्य ५१ प्रतिशत सदस्यहरुको हस्ताक्षर चाहिने हुँदा अनलाइन मार्फत पनि सम्भब देखिएको छैन । तर, छलफल सुझावहरु पक्कै पनि अनलाइन माध्यमबाट सम्भव छ । साधारण सभामा यसले गर्दा छिटो र सजिलो माध्यमबाट सम्पन्न हुने विश्वास छ ।

हामी बन्दाबन्दीको अवस्थाबाट अहिले केही सहजताको वातावरणमा छौं । सदस्यहरुलाई प्रभावकारी रुपमा सेवा उपलब्ध गराउन प्रतिवद्द छौ । अहिले हामीले सम्पुर्ण सुरक्षाको अवस्थालाई ध्यानमा राखी सेवा सुविधा उपलब्ध गराउनु पर्नेछ । तर, हाम्रो आर्थिक क्रियाकलापमा ठूलो परिवर्तन आएको छ । बैंकहरुले वचतमा दिने व्याजहरुमा न्युनतम प्रतिशत कायम गरेको छ । यसले सहकारीलाई प्रत्यक्ष असर परेको छ । साथै, अहिले लगानीको वातावरण सहज छैन । सहज रुपमा ऋण लगानी नहुनु, संस्थामा तरलताको मात्रा अत्यधिक वृद्घि हुनुले संस्थाहरुको आर्थिक प्रगति खुम्चिन पुग्ने छ । यसको प्रभाव न्युनिकरणका लागि नयाँ योजनाहरु निर्माण भई कार्यान्वयन हुँदैछन् । कोभिड १९ का कारण प्रायः अर्थतन्त्र ठप्प भएको प्रभावले हाल बैंक तथा वित्तीय संंस्थाहरुले बचतमा न्यून व्याजदर प्रदान गरी ऋण लगानीको व्याज दर घटाएको छ । त्यसले गर्दा ऋणीहरुले कम ब्याज दर भएको बैंक तथा संस्थाहरुमा ऋण सार्ने काम भइरहेको छ । यसले सहकारीलाई प्रत्यक्ष प्रभाव पारेको छ । अहिले पनि सहकारी संस्थाहरुले वचतमा उच्च व्याजदर प्रदान गरिरहेका छन् । यसले नागरिक सदस्यहरुलाई सहयोग पु¥याउने विश्वास छ ।

समुदायमा आधारित सदस्य केन्द्रित सुशासनयुक्त संस्था सहकारी भएकोले नागरिक सदस्यमा यसले विश्वास आर्जन गर्नेछ । र सदस्यहरुसँग नजिकको सम्बन्ध स्थापित गरी सामाजिक दायित्व निर्वाह गर्दै विशिष्टिकृत सेवा दिइरहेका छौ भन्ने विश्वास छ । त्यसैले नागरिकको जीवनस्तर माथि उठाउन अस्वस्थ प्रतिस्पर्धा भन्दा पनि नागरिक र महामारी केन्द्रित भई सरकार,नीजि क्षेत्र, बैंक तथा वित्तिय संस्थाहरु र सहकारी मिली हातेमालो गरेमा अवश्य पनि नागरिको जीवनस्तरमा परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास छ ।

गोविन्द सुवेदी
प्रवन्धक
म्याग्दी बचत तथा ऋण सहकारी, म्याग्दी

कोरोना संक्रमणको समयमा म्याग्दी जिल्ला अन्य छिमेकी जिल्ला भन्दा सुरक्षित नै रहेको हुँदा पनि हामीले दिने सेवामा त्यति ठूलो असर परेन । यद्यपी, लकडाउनको समयमा भने झण्डै एक महिना जति कार्यालय बन्द गर्नु परेको थियो । त्यसपछि हप्तामा दुई दिन सम्म जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई सदस्यहरुलाई सेवा प्रवाह ग¥यौ । कतिपय अवस्थामा घरमै बोलाएर पनि सेवा प्रदान गरेका थियौ ।

अहिलेको साधारणसभा सके सम्म अनलाइनमै गर्ने तयारीमा छौं । सहकारी डिभिजन कार्यालयबाट पनि त्यस्तै किसिमको सर्कुलर आएको छ । हामी त्यसको लागि पनि आन्तरिक गृहकार्य गर्दैछौ । सम्भव भए सम्म अनलाइनमा नै छलफल गर्ने तर सभ्मव नभएमा साधारणसभामा छलफल गरिने विषयवस्तुको बारेमा पत्राचार मार्फत जानकारी गराउने र त्यसको जवाफ पनि पत्राचार तथा फोन मार्फत संकलन गर्ने र जानकारी गराउने योजना छ । अन्य गतिविधिको सन्दर्भमा हामीले सूरक्षा मापदण्ड पालना गरी कार्यसमितिको छिटो छरितो बैठक बोलाई छलफल गर्देै अगाडी बढ्ने योजना बनाएका छौं ।

हाम्रो सहकारीको वर्तमान अभ्यास र प्रगति सन्तोषजनक छ । यद्यपी गत वर्षको तुलनामा केही कारोबार तथा खुद मुनाफामा कमी आएको सत्य हो । भावी योजनाको सन्दर्भमा हामीले गत वर्षदेखि नै पञ्चवर्षिय रणनीतिक योजना बनाएर लागु गर्दै आएका छौैं । यसैको आधारमा वार्षिक योजना तथा बजेट निर्माण गरी कार्यान्वयन गर्दै आएका छौं ।

नागरिकको जीवनस्तर उकास्न सहकारीहरुले गर्नुपर्ने र गर्न सक्ने काम धेरै रहेका छन् । तर वर्तमान समयमा सबै भन्दा गाह्रो काम नै शेयर सदस्यहरुको सहभागिता गराउनु रहेको छ । सहकारीले गर्ने भनेको नै शेयर सदस्यलाई उत्पादनमूलक र आयआर्जनका क्षेत्रमा कर्जा लगानी गरी त्यसको बजारीकरण तथा प्राविधिक क्षेत्रमा सहजीकरण गर्ने हो । उहाँहरुलाई आवश्यक परेमा वित्तीय साक्षरता तथा सुरक्षित लगानीका लागि सहयोग गर्न सकिन्छ । अबको समय कृषि क्रान्तिको रहेको हुँदा उहाँहरुलाई त्यता तर्फ आकर्षित गर्न सक्ने हो भने पनि राम्रै प्रतिफल दिन सकिन्छ भन्ने लाग्छ । यसको साथै अन्य निकाय जस्तै सहकारी विभाग तथा सम्बन्धित मन्त्रालय एवम् स्थानीय सरकारले पनि यसमा केही सहजिकरणको भूमिका जस्तै, सुलभ व्याजदरमा सहकारीलाई सरल कर्जा उपलब्ध गराउने खालका काम गर्नुपर्ने हुन्छ ।

शक्ति किसान
प्रबन्धक
इमेज सहकारी संस्था बागलुङ

कोभीड १९ अहिले सर्वत्र चर्चा र सन्त्रासको शव्द भएको छ । जसबाट संसारका सम्पूर्ण मानवजाती नै प्रत्यक्ष रुपमा प्रभावित छन् । शारिरिक, आर्थिक रुपमा बढी असर देखिएको छ । विश्वव्यापी रुपमा कोरोनाको असर छ । यसमा हाम्रो जस्तो विकासोन्मुख देश अझ बढी समस्या र संकटमा छ । यहाँका नागरिकलाई खासगरी दैनिक हातमुख जोर्नेहरु प्रत्यक्ष मारमा छन् । सम्पूर्ण पेशा, व्यावसाय, रोजगारी, उद्योग तथा सम्पूर्ण प्रतिष्ठानहरु प्रभावित बनिरहेका छन् । ६ महिना लामो कोरोना कहरल ठूलो चूनौती खडा गरेको छ । अहिले पनि मानिसहरु त्रासपूर्ण जीवन बिताउन बाध्य छन् । एक व्यक्ति अर्को व्यक्ति सँग डराउनु पर्ने अवस्थामै छौ । यस्तो अवस्थामा पनि हामी सेवामा प्रवाह समर्पित नै छौ ।

सहकारी क्षेत्र देशको तिन खम्बे अर्थ नीति मधये एक हो । नेपालको संविधानले समेत Public ,Private & Co-operative Ltd. भन्ने उल्लेख गरेको छ । यसकारण पनि सहकारी क्षेत्रले स्थानीय स्तरबाट वचतकर्ता तथा शेयर धनीको दैनिक जीवनयापनका शिलशिलामा आइपर्ने दैनिक समस्यालाई समेत सम्बोधन गरेको छ ।

सहकारी संस्थाले सेवाप्रदायक सदस्यलाई सेवा कसरी दिइयो भन्ने सन्दर्भमा सबै खाले सहकारीले समयमा दिने सेवामा एकरुपता भए नभएको कुरालाई एकिन गर्न नसकिए पनि हाम्रो यस सहकारी संस्थाले बागलुङबासीलाई अहिलेको संकटमा पनि यस क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष रुपमा यहाँका गरिब निमुखा तथा दुखी पीडित जनता समेतको आर्थिक तथा जीवनस्तर उकास्नका लागि वित्तिय सेवा प्रवाह गरिरहेका छौ । अहिलेको बिषम परिस्थिति (कोभिड १९) कोरोना संक्रमणको समयमा समेत शेयर तथा वचतकर्ता सदस्यहरुको आवश्यकतालाई पुरा गर्न आफ्नो मुख्य कर्तव्य ठानेका छौ । जुम लगायतका प्रविधिको प्रयोग गरी सडक बन्द भएको अवस्थामा समेत सेवा दिइएको जानकारी गराउदछौ ।

अहिले पनि कोरोनाको समस्या र भय उस्तै छ । त्यस कारण सहकारी संस्थाहरुको वार्षिक साधारण सभा गर्दा पनि धेरै जनाको जमघट तथा एकै स्थानमा समुदायगत भेला गर्दा गराउँदा कोरोना भाइरस संक्रमणको जोखिम भएकाले नेपाल सरकारले निर्देश गरे अनुसार अघि बढ्ने सोच बनाएका छौ । अहिलेको अवस्था हेर्दा सवै क्षेत्रमा आर्थीक समस्या देखिन थालेको छ । सहकारीले आफ्ना सदस्यलाई सहज रुपमा ऋणको व्यवस्था गरी व्यवसाय गर्ने सदस्यलाई सुलभ रुपमा ऋण उपलब्ध गराउनु पर्दछ । सहकारी संस्था नाफा मुलक नभएर सेवा मुलक भएकाले सहकारीले आफ्ना सदस्यलाई समस्या परेको समयमा समस्या समाधान गर्न तर्फ लाग्नु पर्दछ । कृषीमा लगानी गर्ने मानिसहरुलाई प्रोत्साहित गर्नु पर्दछ । युवालाई स्वरोजगार जस्ता कार्यक्रम सबै संघ संस्थाले चलाउँदा धेरै प्रभावकारी हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *