बाढी पीडितको पुनःस्थापना प्रदेश सरकार गर्छ –मन्त्री गुरुङ

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ढोरपाटन पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सो अवसरमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले बाढी पीडितहरुको पुनःस्थापनासंगै क्षती भएका भौतिक संरचनाहरुको पुनःनिर्माणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति र बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभयो ।

सालझण्डी–ढोरपाटन मोटरबाटो लगायतका भौतिक संरचना पुनःनिर्माणमा संघीय सरकारसंग संयोजन गरी गण्डकी प्रदेशले पनि लगानी गर्ने उहाँको भनाई छ ।

क्षतिग्रष्त भौतिक पूर्वाधारहरुको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकामा भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको छुट्टै ईकाईको स्थापना गरी काम अगाडी बढाउने मन्त्री गुरुङले बताउनुभयो ।

प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गरि असुरक्षित बस्तीहरुलाई स्थानन्तरण गर्नका लागि गण्डकी प्रदेशले नीतिगत ढंगले निर्णय गरिसकेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।

त्यसका लागि सुरक्षित ठाउँको पहिचान लगायतको अध्यायन प्रक्रिया पनि छिटै अगाडी बढ्ने उहाँको भनाई छ । यस्तै बुर्तिबाङ सम्म आएको विद्युतको केन्द्रिय प्रशारण लाईनलाई विस्तार गरी ढोरपाटन सम्म पु¥याउनका लागि प्रदेश सरकारले केन्द्रिय सरकारसंग विशेष पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, प्रभु बैंकका सिईओ अशोक सेरचन, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति मगर, वडा नं. ५ का वडा अध्यक्ष लक्षमण पुन लगायतको विशेष उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *