निसीखोलामा तीस हजार गाँजाको बोट नष्ट

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा ठूलो मात्रमा गाँजा खेती नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटाइएको प्रहरीले बिहीबार करिब ६० रोपनी जग्गामा लगाइएको ३० हजार गाँजाका बोट काटेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बागलुङ प्रहरीले केहीदिन देखि अवैध रुपमा रहेको गाँजा र घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । जस अन्र्तगत निसीखोलामा ठूलो मात्रमा गाँजा खेती गरिदै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरी नष्ट गरीएको रेग्मीले जानकारी दिनुभयो । उहाँले गाँजा र घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *