८ फरार अभियुक्त पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले बिहिबार ८ फरार अभियुक्तलाई पक्राऊ गरेको छ ।

जिल्ला अदालत बागलुङल फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको ८ व्यक्तिलाई पक्राऊ गरेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गौबध मुद्धामा ५ महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र सोही मुद्धाका २२ वर्षीय कृष्ण बहादुर नेपालीलाई पक्राऊ गरेको छ । यस्तै सार्वजनिक मुद्दामा दुई हजार जरिवानाका जैमिनी नगरपालिका–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राऊ गरेको छ ।

यस्तै आगलागी मुद्दामा जैमिनी नगरपालिका–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार बिकलाई ५ महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राऊ गरिएको हो । यस्तै जबरजस्ती करणीमा ९ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी नगरपालिका–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राऊ गरिएको हो ।

यस्तै लुटपिट मुद्धामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई ५ हजार जरिवानाका, कुटपिट मुद्धामा ४ महिना २८ दिन कैद र एक हजार ५०० जरिवाना ताकिएका बडिगाड गाउँपालिका स्थित दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र सोही मुद्धाका दिपेन्द्र बुढालाई पक्राउ गरि जिल्ला अदालत बागलुङमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *