वर्षौँदेखि पहिरोको चपेटामा हुल्दी र बाहुनगाउँ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकाको वडा नम्बर १ र २ पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले गाउँनै जोखिममा परेपछि स्थानीयहरु त्रसित भएका छन् ।

यस वर्षमात्रै दुई वटा वडामा २ सय ३८ घर जोखिममा परेका छन् । पहिरोले वडा नम्बर १ को हुल्दी, लेबाङ, देविस्थान क्षेत्र र वडा नम्बर २ को बाहुनगाउँ, जुग्जा, काँडाखानी लगायतका क्षेत्र पहिरोको जोखिममा परेका छन् ।

पहिरोले वडा नम्बर १ मा १ सय ३४ र वडा नम्बर २ मा १ सय ४ घर जोखिममा रहेको निसखोला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिनुभयो ।

हुल्दी गाउँमा ३९ वर्षदेखि निरन्तर पहिरो जाँदै आएको स्थानीयको भनाई छ । त्यस बेलादेखि हालसम्म निरन्तर साना ठूला पहिरो गइरहेको छन् ।

रहेक वर्षको पहिरोले स्थानीयको घर, गोठ र खेतियोग्य जमिन समेत बगाउँदै आएको छ । रहेक वर्ष लाखौँको क्षति हुँदै आएको स्थानीय मनबहादुर मल्लले बताउनुभयो ।

‘बाजेको पालादेखि पहिरो जान थालेको अझैसम्म पनि रोकिएको छैन, रहेक वर्ष धन जनको क्षति भइरहको छ,’ उहाँले भन्नुभयो ‘वर्षाको समयमा निकै डर हुन्छ, कति बेला भत्किन्छ र पुर्छ भन्ने हुन्छ ।’

निरन्तर पहिरो गइरहे पनि स्थानीयहरु जोखिम मोलेरै गाउँमा बस्दै आएको उनको भनाई छ । ‘भारी वर्षा भयो भने ज्यान कसरी जोगाउने भन्ने चिन्ता हुन्छ, हाम्रो लागि त सरकार पनि रैन छ, हामी यसरी जोखिममा छौँ तर हाम्रो लागि केही समयोग गर्न सकेन’ उहाँले भन्नुभयो ‘यस वर्षमात्रै होईन हामी लामो समयदेखि पहिरोको गम्भिर चपेटामा परेका छौँ, कतिबेला के हुन्छ भन्ने थाहै छैन ।’

हिउँदको समयमा पहिरोको जोखि खास्सै नहुने तर वर्षामा सुरु हुँदा बित्तिकै पहिरोले पुरिने डर हुने वडा नम्बर १ की वडा सदस्य हुमकुमारी मल्लले बताउनुभयो ।

‘हिउँदमा केही डर हुँदैन, जब वर्षायाम सुरु हुन्छ तब पहिरोले परिन्छ कि भन्ने चिन्ताले सताउँछ, अन्त कतै जाउँ भने पनि जग्गा छैन्,’ वडा सदस्य मल्लले भन्नुभयो ‘घर भत्किए गोठको बास गोठ भत्किन थालेपछि त्रिपालमुनी बास हुन्छ ।’

वडा नम्बर १ को हुल्दी गाउँका नागरिकहरु धेरै वर्ष पहिलेदेखि पहिरोको चपेटामा परेको भन्दै उनीहरु अmभै पनि यो तनाब र समस्याबाट मुक्त हुन नसकेको मल्लले बताउनुभयो ।

२०७३ सालमा हुल्दी गाउँ र बाहुनगाउँको ठाउँ–ठाउँमा पहिरो जाँदा धेरैले ज्यान गुमाएका थिए । ४ वर्ष अगाडी भू तथा जलश्रोत मन्त्रालयबाट भू–गर्भविदहरुले पहिरोको निरिक्षण गरेका थिए ।

सोही समयमा उनीहरुले यस ठाउँ बस्न योग्य नभएको भन्दै बस्ती स्थान्तरण गर्नको लागि सुझाएका थिए तर अझैसम्म पनि सरकारले जोखिममा परेकाहरुको व्यवस्थापन गर्न नसक्दा नगरिकहरु जोखिममै बस्दै आएका छन् ।

सरकारले गाउँपालिकाका यी दुई वडालाई जोखिम भन्दै बसोबासका गर्न नहुने भने पनि स्थानीयलाई व्यवस्थापन गर्न नसकेको वडा नम्बर १ का अध्यक्ष इन्द्र मल्ले बताउनुभयो ।

उहाँले ३/४ वर्ष अगाडी नै यी ठाउँलाई जोखिम क्षेत्र घोषणा गरे पनि अझैसम्म पनि नागरिक ज्यान धरापमा राखेर बस्न बाध्य रहेको बताउनुभयो ।

‘भूगर्वविदुहरु आएर जोखिम भएका क्षेत्रको अवलोकन गरेर जाउनु भयो र ती ठाउँहरु बस्न नमिल्ने र तत्काल बस्ती स्थानान्तर गर्न भन्नुभएको थियो,’ वडा अध्यक्ष मल्लले भन्नुभयो ‘तर अझैसम्म पनि केही गर्न सकेको छैन, हामीले पीडितहरुलाई सुरक्षित भएर बस्नु् भन्नुको विकल्प छैन ।’

यस वर्ष पहिरोका कारण पाँच दर्जन बढि घर भत्किएका छन् अन्य घर बस्नै नमिल्ने गरी चर्किएको उहाँले जानकारी दिनुभयो ।

वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले आफ्नो वडा लगायत विभिन्न स्थानमा नागरिकहरु पहिरोको जोखिममा परेको बताउनुभयो । उहाँले उनीहरुको समस्या समाधानको लागि आफूहरु लागि परेको बताउनुभयो ।

‘केही वर्षदेखि हाम्रो पालिकामा निरन्तर पहिरोले क्षति पु¥याइरहेको छ, धेरै बस्तीहरु जोखिममा परेका छन्,’ उहाँले भन्नुभयो ‘पीडितहरुलाई पालिकाको तर्फदेखि सामान्य राहात उपलब्ध भइरहेको छ त्यो बाहेक अरु केही गर्न सकिएको छैन ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडलले वडा नम्बर १ र २ मा पहिरोले धेरै क्षति पु¥याएको बताउँदै उनीहरुको व्यवस्थापनको लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारमा तथ्याङ्क पठाए पनि चासो नदेखाएको बताउनुभयो ।

उहाँले पहिरोका उच्च जोखिममा परेका हुल्दी र बाहुनगाउँका केही बस्तीलाई स्थानान्तरण गर्नको लागि पहल गरेको बताउनु्भयो ।

‘हामीले जोखिम क्षेत्रका नागरिकलाई स्थानान्तरण गर्नको लागि तथ्याङ् केन्द्रमा पठाएका छौँ तर त्यसको जवाफ अझै पाएका छैनौँ, पालिकाले मात्रै बस्ती स्थानान्तरण गर्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ‘अहिले पीडितलाई गाउँपालिकाले समान्य राहत दिन बाहेक अरु केही गर्न सकिएको छैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *