आँखामा आउने समस्या र समाधान

गणेश महतो
आँखा मानिसको सवैभन्दा संवेदनसील अंग हो । मानिसहरुले आँखालाई विशेष गरेर ध्यान दिनु पर्दछ । आँखालाई नियमित धुने, सफा राख्ने, हरीयो सागपात खाने गर्नु पर्दछ । सवै भन्दा समस्या बाल बच्चा र बृद्धा बृद्धालाई धेरै समस्या आउछ । आज हामी बाल बच्चालाई आँखामा समस्या कसरी हुन्छ र आँखाको समस्या बाट बच्न के कस्ता कुरामा ध्यान विषयमा अध्ययन गर्दछौ ।

अहिलेको समयमा बच्चाहरुको आँखामा धेरै समस्या आएको पाइन्छ । बच्चाहरुको आँखा कम्जोरी हुने विभिन्न कारणहरु हुन्छ । बाल बच्चाले आफ्नो समस्या भन्न नसक्ने भएकाले अभिभावकलेनै आफ्नो बाल बच्चामा के कस्ता समस्या छन् भनेर बुझ्न पर्दछ । हाम्रो आँखामा कालो र सेतो भाग हुन्छ । स्वास्थ आँखा कालो भाग कालो र सेतो भाग सेतै भएमा स्वास्थ भएको मानीन्छ ।

त्यस मध्ये ठूलो कारण भनेको मोबाईल, ट्याब, ल्यापटप र टेलिभिजनको प्रयोग धेरै गरेकाले हो । बच्चाहरुले धेरै मोबाईलको प्रयोग गरेमा सानै उमेरमा आखा कमजोर हुन्छन् । अभिभावकले आफ्ना बच्चालाई भुलाउनका लागि मोबाईल चलाउन दिने, गेम खेल्न दिने, कार्टुन हेर्न दिने गरेको पाईन्छ । त्यसकारणले अभिभावकनै सजग हुन आवश्यक देखिन्छ । बच्चाहरुको आँखा सानै उमेरमा कमजोर हुने चस्माको प्रयोग गर्नु पर्ने हुन्छ ।

बच्चाहरुले धेरै मोबाईल प्रयोग गर्दा मोबाईलबाट आउने बिलु लाईटले आँखाको रेटीना, लेन्समा असर गरेको हुन्छ । त्यही असरले गर्दा आँखाको पावरमा असर गर्दछ । सानै उमेरबाट बढि मात्रमा मोबाईलको प्रयोग गर्दा पछि गएर पावर वाला चस्मा लगाउनु पर्ने देखिन्छ ।

बच्चाहरुले धेरै मोबाईल चलाउदा आँखामा धेरै थरी समस्याहरु आउन थाल्छन् । जस्तै, आँखा चिलाउने, आँखा दुख्ने, टाउको दुख्ने, आखाको गेडी दुख्ने, आँखा सुख्खा हुने, आँखा बाट आँसु आउने, केही हेर्दा आँखा टट्टाउने जस्तो लक्षेणहर देख्न्छिन् । बच्चाको आँखा धेरैने कमजोर भएमा १ वटा बस्तु २ वटा देख्ने समस्या आउछ । तिरिमीरी देख्ने, हिड्दा भर नपाउने समस्या आउछ ।

आमा बुबाले घरमा आफ्ना छोरो छोरीले टिभी हेर्दा नजिक बाट हेरेको, जुन कुरा टाढा बाटा देखिने भएपनी आफ्नो बच्चाले नजिकै बाट हेरेको देखिएमा आफ्नो बच्चाको आखा कमजोर भएको बुझ्नु पर्दछ । विद्यालयमा विद्यार्थीले बोर्डमा लेखेको कुरा सामान्य अवस्थामा नदेखेर आडको साथीको सारेको छ भने विद्यार्थीको आखा कमजोर भएको शिक्षकले बुझ्नु पर्दछ र परिवारलाई खबर गर्नु पर्दछ । आँखाका यस्ता खालका समस्या बाट आफ्ना बच्चालाई मोबाईल, ल्यापटप, टिभीको प्रयोग गर्न कम गराउनु पर्दछ । हामीहरुले बच्चाहरु भुलाउनका लागि मोबाईल दिने गर्दछौं । त्यस्तो गर्नु सरासर गलत हो । बच्चालाई अतिरिक्त क्रियाकलापमा व्यस्त बनाउन सकिन्छ । हामीहरुले बच्चालाई मोवाईलबाट टाढा राख्नु पर्दछ । विषेश गरेर बच्चालाई आमा बुबालेनै ख्याल गर्नु पर्दछ । बच्चाहरुको आँखा कमजोर भएमा राम्रो संग पढ्न नसक्ने भएकाले उनीहरुको पढाईमा असर परन सक्दछ । बच्चाहरु एक्लै हिड्न नमान्ने, बाटो हिड्दा लड्ने जस्ता समस्या देखिएमा बच्चाको आँखा कमजोर छ भन्ने बुझनु पर्दछ ।

२५ बर्ष भन्दा तलको उमेरकाले निरन्तर ६ महिनामा आँखा जचाउनु पर्दछ । विशेषत बच्चाहरुको ३ बर्ष देखी १० बर्षको उमेरमा आँखा कमजोर हुन्छ । यो उमेरका बच्चाको विशेष ख्याल गर्नुपर्ने आमा बुबालेनै हो । बच्चालाइै भिटामीन ब् युक्त खानेकुरामा जोड दिनु पर्दछ । साग पात, फर्सी, फर्सीको मुन्टा, गाँजर जस्तो भिटामीन युक्त खानेकुरामा बढी जोड दिनु आवश्यक हुन्छ । २५ वर्ष सम्ममा मानीसहरुको आँखा सबैभन्दा बढी कमजोर हुने उमेर हो ।

यो उमेरमा मानीसहरुले आफ्नो आँखाको ख्याल गर्नु पर्दछ । हामीहरुले मोबाईल, ल्यापटप, टेलिभिजन प्रयोग गर्नु परेमा साधारण चस्मा (ब्च्ऋ)को प्रयोग गर्नु पर्दछ । लुबरीकेटीङ ड्रप, आइ ड्रप प्रयोग गरेर आँखामा आँसु बढाउन सकिन्छ । आँखालाई सुख्खा राख्नु हुदैन् । आँखालाई दिनको ४÷५ पटक सफा पानीले धुनु पर्दछ । अर्को कुरा गर्भवती महिलालाई मधुमेह छ भने उसबाट जन्मने बच्चालाई मोतिविन्दु हुने सम्भावन बढी हुन्छ । गर्भवती महिलालाई रुवेला भएमा बच्चाको आँखा कमजोर हुन सक्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *