गलकोटमा भलिवल ट्रेनिङ सेन्टर सञ्चालनमा

साधना पन्त, बागलुङ
बागलुङका ४ युवाले जिल्लामै पहिलो पटक भलिवल ट्रेनिङ सेन्टर संचालनमा ल्याएका छन् ।

गल्कोट नगरपालिका वडा नम्वर ६ मजुवा फाटम भलिवलका राष्ट्रिय रेफ्री कृष्ण शेरचन, रेफ्री राजन कार्की, राष्ट्रिय खेलाडी उपेन्द्र केसी र खेलाडी सुरेन्द्र के.सीले ट्रेनिङ सेन्टर संचालनमा ल्याएका हुन ।

१० लाखको लगानीमा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याईएको सञ्चालक कृष्ण शेरचनले बताउनुभयो । बिहीबार गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ट्रेनिङ सेन्टरको उद्घाटन गर्नुभएको थियो । ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकै दिन १० जना महिला र ५१ जना पुरुष गरी ६१ जना प्रशिक्षार्थी ट्रेनिङको लागि भर्ना भएको कोच उदयबम मल्लाले बताउनुभएको छ ।

पछिल्लो समय युवाहरुको रोजाइमा भलिवल खेल परेपनि खेल सिक्नको लागि जिल्लामा एउटा पनि ट्रेनिङ सेन्टर नभएको हुनाले ट्रेनिङ सेन्टरको आवश्यकता महशुस गरेर सञ्चालनमा ल्याएको सेन्टरका अध्यक्ष यम श्रीसले बताउनुभयो ।

भलिवल खेलाडी र भलिवलमा रुचि भएका सिक्न चाहनेहरु पनि खेल सिक्नको लागि पोखरा, काठमाडौ जानुपर्ने बाध्यता थियो, श्रीषले भन्नुभयो अब बागलुङको मात्र होइन छिमेकी जिल्ला म्याग्दी, पर्वत, गुल्मी र मुस्ताङका खेलाडीहरुलाई समेत सहज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *