सर्पले डसेका कास्की तप्राङका बालकको उपचारमा आर्थिक सहयोग

आदर्श अनलाईन, पोखरा
सर्पको डसाइबाट गम्भीर बिरामी परेका कास्कीको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय विशाल पौडेलको उपचारका लागि दुई लाख ३२ हजार ७२ सहयोग हस्तान्तरण गरिएको छ ।

मादी–४ घर भई हाल जापानमा रहनुभएका मीन पाण्डे क्षेत्री र सङ्गीता पौडेलले सङ्कलन गर्नुभएको सो रकम मादी–४ का वडाध्यक्ष सत्यराज सापकोटामार्फत विशाल पौडेल बचाउ अभियानका संयोजक रवि क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।

गत साउन २८ गते घरमै बसेको बेला विषालु सर्पले डसेपछि गम्भीर बिरामी परेका बालकको उपचारमा रकम अभाव भएपछि सहयोग संकलन गरिएको थियो ।

तप्राङवासीले विशाल पौडेल बचाउ अभियान शुरु गरेर अर्थ सङ्कलन समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका अभियन्तामार्फत सहयोग सङ्कलन गरेर परिवारलाई हस्तान्तरण गर्न शुरु गरेका छन् ।

अभियानका संयोजक क्षेत्रीका अनुसार हालसम्म समितिलाई प्राप्त सहयोग रकममध्ये तीन लाख ५० हजार परिवारलाई प्रदान गरिएको छ । त्यसैगरी अन्य व्यक्ति तथा संस्थाबाट सिधँै परिवारलार्ई तीन लाख हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी असोज २४ गतेसम्म सहयोग सङ्कलन अभियान जारी रहने बताउँदै उहाँले समितिको खातामा हाल छ लाख ५० हजार मौज्दात रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *