अत्यधिक रक्तस्राव पछि हेलिकप्टर मार्फत सुत्केरीकाे उद्धार

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बडिगाड गाउँपालिकाबाट एक जना सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बडिगाड गाउँपालिका—८ रणसिंह किटेनी नेटाखर्ककी ३७ वर्षीय खगिसरा सुनारलाई सुत्केरी पछि रक्तस्राव नरोकिएकाले हेलिकप्टरबाट उद्धार गरिएको हो ।

आईतबार बिहान जुम्ल्याहा सन्तानलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिए पछि हेलिकप्टरबाट उद्धार गरी पोखरा लगिएको बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

दुई शिशुको तौल पनि औषत भन्दा कम रहेको बताईएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सुत्केरी महिलाको उद्धार गरेको हो । उनलाई पोखरा स्थीत गण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *