मुसिकोट नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा

कमल पौडेल, बडिगाड

मुसिकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०७६/७७ को बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरुले आफ्नो संस्थाको प्रगित विवरण प्रस्तुत गर्नुभएको थियो।

सो समिक्षामा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले शिक्षा र स्वास्थ्यमा प्रयाप्त बजेट व्यवस्थापन हुन नसकेको र आगामी दिनमा थप सुधारमा जोड दिने बताउनु भएको थियो। त्यस्तै स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले चैत्र दोश्रो हप्ता देखिनै कोभिड १९ को प्रभावको कारण अपेक्षित उपलब्धी हासिल गर्न कठिन भएको भन्दै समग्रमा स्वास्थ्य सेवाको पहुँच र प्रभाव विस्तार भएको बताउनु भएको थियो। जिसिले कोरोना भाइरस विरुद्धको लडाईमा जनप्रतिनिधि, स्वास्थ्यकर्मिको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका मेडिकल अधिकृत मधु भट्टराईले पछिल्लो समय मुसिकोट नगरपालिकाको स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको तर कतिपय सामान्य रोगका बिरामीहरु घट्न नसकेको भन्दै रोकथामका लागि अभ्यास थाल्न सुझाव दिनुभएको थियो । भट्टराईले छिमेकी जिल्ला बाग्लुङ र अर्घाखाँचीमा समेत हात्तिपाईले र डेगुंको सक्रंमण देखिएकाले त्यस तर्फ सजक हुँदै अध्ययन थाल्न आग्रह गर्नुभएको थियो।

समिक्षामा वक्ताहरुले आमा सुरक्षा कार्यक्रमको यातायाता सुविधा निरन्तर प्रवाह भएको, सबै स्वास्थ्य संस्थामा औषधीको प्रयाप्तता भएपनि केही आवश्यक भौतिक संरचना र सामाग्रीहरुको अभाव रहेको, बिसीजि खोप लगायतका अन्य केही खोपहरु खेर जाने दर बढीरहेकाले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको, वामी स्वास्थ्य चौकी बाट ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको, पछिल्लो समय आत्महत्या विकराल रुपमा सामाजिक समस्या बन्दै गएको लगाएतका विषय औंल्याएका थिए।

कार्यक्रममा नगरपालिका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, वडा अध्यक्षहरु, स्वास्थ्यकर्मिहरु, पत्रकार लगाएतको सहभागिता रहको थियो। कार्यक्रम स्वास्थ्यशाखा प्रमुख डिवि जिसिको सहजिकरणमा सम्पन्न भएको थियो।

मुसिकोट नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य ईकाई, ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा आधारभूत स्वास्थ्य केन्द्र, ५ वटा बर्थिङ सेन्टर, ३१ वटा खोप क्लिनिक र २४ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *