बडिगाड गाउँपालिकालाई एम्बुलेन्स सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले नेपालका ४१ संघ संघ संस्थालाई एम्बुलेन्स प्रदना गर्ने क्रममा बागलुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेको हो ।

भारत सरकारले महान नेता महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

‘गाउँपालिकालाई कोरोना संकटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौं’ गाउँपालिकाका अध्यक्ष पाइजाले भन्नुभयो ‘तीन वर्र्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहार स्वरुप प्राप्त गरेका छौं, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’

गान्धीको जन्मजयन्तीका अवसरमा शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो । कर छुट सहित झण्डै १२ लाख भन्दा बढी मुल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिनुभयो ।

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा संक्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुँने गाउँपालिकाको अपेक्षा रहेको छ । गाउँपालिकाले कोरोना महामारीको अवस्थामा बडिगाड गाउँपालिकामा रहेको क्रियाशिल प्रवासी संघ भिमगिठे र ग्वालिचौर आमा समूहको दुई एम्बुलेन्स प्रयोग गर्दै आएको थियो ।

गाउँपालिकाले सहज रुपमा विरामीलाई अस्पताल पु¥याउनका एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ । गाउँपालिकाले सक्रमितलाई निःशुल्क बोक्दै आएको छ । अन्य विरामीलाई सर्भसुलभ दरमा एम्बुलेन्स सेवा दिने गरी गाउँपालिकाले चालक व्यवस्थापन गर्नेछ । भाडाको एम्बुलेन्स सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएको भन्दै गाउँपालिकाल अध्यक्ष पाइजाले आफ्नै एम्बुलेन भएपछि सहज हुँने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *