कांग्रेस बागलुङले दियो ढोरपाटनका बाढी पीडितलाई ४० लाख

बागलुङ : नेपाली काँग्रेस बागलुङले ढोरपाटनका बाढी पहिरो पीडितलाई चालिस लाख रुपैयाँ बराबरको राहत हस्तान्त्रण गरेको छ ।

गत भाद्र १७ गते रातिको बाढि पहिरोका कारण ज्यान गुमाएका, वेपत्ता, घरबास पूर्णरुपमा क्षेति भएका, आंशिक क्षति भएका र घाइते व्यक्तिका निम्ति एक कार्यक्रमका बिच राहत हस्तान्त्रण गरिएको हो ।  त्रिपाल मुनी काठले बारेर निकै दुख कष्ट सहित बस्दै आएको अवस्थामा अब जस्तापाता लगाएर बस्न पाउने भएपछि आफुहरु निकै खुसी भएको स्थानीय चन्द्र पुन मगरले बताइन् ।

‘श्रीमानलाई बाढीले बगायो अहिले साना बालबच्चा सहित त्रिपाल मुनी बस्दा निकै समस्या छ अब जस्तापाता लगेर सानो सानो छाप्रो बनाउनु पर्ला चन्द्रले भनिन् ।’  घर निर्माण गर्न पुग्ने जस्तापाता पाएपछि स्थानीयको मुहारमा केहि हदसम्म भए पनि खुसि देखिन्थ्यो ।

पार्टीले थालेको राहत संकलन अभियानमा समग्र पार्टीका नेता, कार्यक्रता, सुवेच्छुक, स्वदेश विदेशमा रहेभएका सहयोगी दाताहरुबाट संकलित रकमबाट नगद सहित जनताको प्रत्यक्ष आवश्यकताको आधारमा खाद्यान्न सहित जस्तापाता आफुहरुले पीडितका माझमा पुगेर हस्तान्त्रण गरीएको नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्र थापाले बताए ।

आफनो पार्टी जनताको बिचमा दुःख सुखमा सँधै रहेको बताउँदै यस्तो दुखको घडिमा पीडित परिवारलाई थोरै भए पनि मल्हम लगाउन आफुहरु दोश्रो चारणमा राहात लिएर आएको बताए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिती, क्षेत्रीय समिति भातृ संगठन, सुभेच्छुक तथा विभिन्न सहयोगी दाताहरुको सक्रियतामा संकलन भएको रकमबाट नगद सहित जिन्सी सामग्री हस्तान्त्रण गरीएको हो ।

क्षेत्रीय समिती क्षेत्र नम्बर २ बागलुङको आयोजनमा सञ्चालित राहत हस्तान्त्रण कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका र वेपत्ता बनेका ३७ व्यक्तिका परिवारलाई प्रति व्यक्ति ७ हजार नगदका दरले २२ परिवारलाई आर्थिक रकम उपलब्ध गराइएको हो ।

कार्यक्रममा परिवारका सदस्य गुमाएका, वेपत्ता सहित घरबास पूर्ण रुपमा गुमाएका ७९ घर परिवारका निम्त प्रति परिवार दुई वन्डल अर्थात १८ पिसका दरले रँगिन जस्तापाता प्रति परिवार एक/एक बोरा चामल, नुन, तेल, चाउचाउ, दाल हस्तान्त्रण गरिएको नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्णकुमार कुवँरले बताए ।

आफुहरुले ४० लाख बराबरको राहात हस्तान्त्रण गरेको र यसले तत्काल पीडितलाई त्रिपाल मुनि बस्नुपर्ने, खान र बस्नको समस्या केहि हदसम्म समाधान हुने बताउँदै राज्य पक्षबाट यथासक्य पुनर्बासको व्यवस्था आग्रह गरे ।

कुँवरले स्थानीय विद्युत आयोजना तत्काल पुनर्निर्माणमा समस्या रहेका कारण केन्द्रीय विद्युत विस्तार जस्ता अपरिहार्य आवश्यता व्यवस्थापनमा चाँडो ध्यान दिन तीनै तहका सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

स्थानीय तहले एकद्धार प्रणालीबाट संकलन गरेको राहत कार्यक्रम सकारात्मक भए पनि सँकलित राहात रकम र सामग्री जनताले चाँडो पाउनु पर्ने बताउँदै संकलित राहत व्यक्तिको घरमा र आर्थिक रकम बैँकमा जम्मा गरेर राख्नु अनुचित रहेको बताउँदै पारदर्शितामा कुनै प्रश्न उठ्ने गरी काम नगर्न उनले आग्रह गरे ।

त्यसैगरी जनचेतना प्राथमिक विद्यालयलाई अस्थाई रुपमा तत्काल सञ्चालन गर्नका निम्ति १० बन्डल, फल्लेघर जलविद्युत आयोजना, भुजिखोला पाँचौ लघुजलविद्युत आयोजना र घट्टेखोला विद्युत आयोजना र बोबाङ स्वास्थ्य इकाईको छानो छाउने गरी ४/४ बन्दलका दरले समितिका पदाधिकारीलाई जस्तापाता हस्तान्त्रण गरीएको छ ।

बाढीमा परि घाइते बनेका ३ जनाका लागि प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले नगद उपलब्ध गराइएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम कांग्रेसका युवा नेता जित शेरचन जानकारी दिए ।

बाढीका कारण घर आंशिक क्षेति भएका ४० परिवार र भाडामा बस्दै आएका तर बाढीका कारण सबै सम्पत्ति गुमाएका १४ परिवारका निम्ती प्रति परिवार एक/एक बोरा चामल, नुन, तेल, चाउचाउ, दाल चिनि लगाएतका खाध्य सामग्री हस्तान्तरण गरीएको छ ।

पीडितलाई तत्काल लगाउने कपडाको समेत समस्या रहेको भन्दै विभिन्न स्थानबाट संकलन गरीएको कपडा समेत हस्तान्त्रण गरीएको शेरचनले बताए ।

आफुहरु कुनै राजनीति गर्न नभई जनताको वास्तविक समस्या र पीरमर्कामा थोरै भए पनि सहयोग र दुख पीडामा परेकालाई राहात स्वरुप सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडी बढिरहेको बताए ।

पार्टीको तर्फदेखि आफुहरुले ढोरपाटन नगरपालिका सहित बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका, पूर्ण घरबास गुमाएका परिवारका निम्ती राहात लिएर तत्काल पुग्ने महाधिवेशन प्रतिनिधी एवम ढोरपाट नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार अर्जुन शेरचनले बताए ।

क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता रहेको आयोजित कार्यक्रममा जिल्ला सभापती दिपेन्द्र थापाको प्रमुुख आतिथ्यता, उपसभापती तुलासिँह घर्तीमगर, महाधिवेशन प्रतिनीधी नरबहादुर पुन, सिंह बहादुर राना, जितबहादुर शेरचन, अर्जुन शेरचन, सागर छन्त्याल, तिलक अधिकारी, गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, महिला संघ जिल्ला सभापती शकुन्तला सर्मा, महिला संघ केन्द्रीय प्रतिनिधि दिमाया पौवी लगाएतले बोलेका थिए ।

कार्यक्रमका अवसरमा जिल्ला कार्यसमिति पदाधिकारी, महाधिवेशन प्रतिनिधि, जनप्रतिनिधि, भातृ संगठन, सुभेच्छुक लगाएतको एवम उपस्थिती रहेको थियो ।

नेपाली काँग्रेस वडा नम्बर ९ का सभापति गगनकुमार पुनको स्वागत, वडा नम्बर ९ का वडा अध्यक्ष हरीबहादुर घर्तिको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शितलल शर्माले सञ्चालन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *