बागलुङ काँग्रेसको कोभिड अनुगमन समितिको संयोजकमा ज्ञानेन्द्र गौतम

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस केन्द्रीय समितिले कोभिड–१९ अनुगमन समिति बागलुङको सूचना संयोजकमा युवा नेता ज्ञानेन्द्र गौतमलाई जिम्मेवारी दिएको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं पार्टीका सह–महामन्त्री प्रकाश शरण महतले बागलुङ जिल्लाको संयोजकको जिम्मेवारी गौतमलाई प्रदान गरेका हुन ।

गौतम बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष हुन भने नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य र नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार समेत हुन ।

उनी लामो समयको पत्रकारिता पश्चात गत स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिका–११ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

अनुगमन समितिले जिल्लामा कोरोना संक्रमणको स्थिति, कोरोनाबाट पीडितहरुको अवस्था, स्थानीय तथा प्रदेश सरकारले गरिरहेको काम बारे अनुगमन गर्ने छ । अनुगमन पश्चात काँग्रेस बागलुङ सँग समन्वय गरी केन्द्रिय समितिमा रिर्पोट पठाउने छ ।

आफ्नो जिम्मेवारी समाल्दै गौतमले जिल्लामा कोभिड–१९ को प्रभाव रही रहेकाका कारण समितिले सरोकारवाला र स्थानिय तह सँग समन्वय गरी समितिले आवश्यक सहयोग गर्ने बताए । उनले जिल्लाका कोभिड–१९ सम्बन्धी गतिविधिको नियमित अनुगमन गरी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने बताए । समितिले कोभिड–१९ सम्बन्धी स्थानिय तह र पार्टीका विभिन्न तहले खेलेको भुमिकाको बारेमा समेत केन्द्रिय समितिमा प्रतिवेदन पठाउने छ ।

काँग्रेसले अनुगमन समितिको संयोजकको रुपमा सह महामन्त्री प्रकाश शरण महतलाई तोकेको थियो । महतले देशको ७७ वटै जिल्लामा संयोजकको जिम्मेवारी दिएका छन । जिल्ला संयोजकहरुले दिएको प्रतिवेदनका आधारमा काँग्रेसले सरकारलाई ध्यानकर्षण गराउने बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *