राप्रपा बागलुङको अध्यक्षमा सुरेन्द्र खड्का

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा पुनः सुरेन्द्र खड्का चयन हुनुभएको छ ।

राप्रपा र राप्रपा संयुक्तको एकता भएपछि भएको समायोजन बैठकले सर्वसम्मत रुपमा खड्का अध्यक्षमा चयन हुनुभएको हो ।

पार्टीको केन्द्रीय कार्यालयले असोज २१ गते भित्र समिति टुङ्गाउने निर्देशन दिए अनुसार बागलुङमा नयाँ समिति बनेको पार्टीका सचिव विष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

समितिको सह–अध्यक्षमा शैलेन्द्र श्रेष्ठ, उपाध्यक्षमा उपाध्यक्ष–नविनचन्द्र शेरवुजा, मोहप्रसाद घर्ती, सचिव विष्णप्रसाद सापकोटा, कोषध्यक्ष जयलाल सापकोटा, सह–सचिव पार्वती शर्मा चयन हुनभएको छ ।

पार्टीको ३७ सदस्यीय कार्यसमिति बनेको छ । राप्रपा र राप्रपा संयुक्त दुबैका साविका पदाधिकारीलाई समायोजन गरेका सचिव सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *