उपल्लो मुस्ताङमा हाई अल्टिच्युडको समस्या, चार विदेशीको उद्दार

सुन्दर थकाली/मुस्ताङ

मुस्ताङको आकर्षक पर्यटकीय स्थलको रुपमा चिनिएको उपल्लो मुस्ताङका विभिन्न स्थानबाट एक सातामा ४ पटक विदेशी नागरिकको उद्दार गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार फरक फरक समयमा फ्रान्सेली र स्वीस नागरिकको हेलिकप्टर मार्फत उद्दार गरिएको हो।

समुद्री सतहदेखि करिब ४ हजार मिटर माथिको पर्यटकीय गन्तब्यमा पुगेका विदेशी पर्यटकलाई लेख लाग्ने ९हाई अल्टिच्युड० समस्या पर्ने गरेको छ। पछिल्लो पटक मंगलबार एभरेस्ट एयरको हेलिकप्टरमार्फत् फ्रान्सेली नागरिक स्यान्ड्रिनेडियन न्याडेगपेरीको उद्दार भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो। अर्यालका अनुसार उनलाई फ्रेन्च दूतावासको समन्वयमा उपल्लो मुस्ताङको धार्मिकस्थल दामोदरकुण्ड नजिकैबाट उद्दार भएको हो।

एक नेपाली प्रथपर्दशक सहित ३ जना फ्रान्सेलीको टोली एक साताअघि उपल्लो मुस्ताङको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोमस्थित एक्याप पर्यटक चेकपोस्टले जनाएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदरकुण्डबाट फर्किने क्रममा फ्रान्सेली नागरिक न्याडेगपेरीको स्वास्थ्य अवस्था प्रतिकूल बनेको थियो। उनलाई श्वाश–प्रश्वासमा समस्या, टाउको दुख्ने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो।

स्वास्थ्य अवस्था खराब भएपछि सिधै दूताबासको सम्पर्कमा पुगेका न्याडेगपेरीको एभरेस्ट एयरको हेलीले दामोदरकुण्डबाट मंगलबार नै काठमाडौं लगेको प्रजिअ अर्यालले बताउनुभयो।हिउँदयाममा मौसम चिसो हुने र उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटकलाई अक्सिजनको समस्या पर्ने गर्छ। अक्जिनकै कारण श्वासप्रश्वासको समस्याले पर्यटक बिरामी पर्ने गर्छन्।

उपल्लो मुस्ताङको २ वटा गाउँपालिका निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछन्। त्यहाँ पुग्ने पर्यटकले सरकारलाई ५०० अमेरिकी डलर रोयल्टी बुझाएपछि मात्र विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमण गर्न सक्छन्। सरकारले राउन्ड अन्नपूर्ण र तल्लो मुस्ताङका लागि भने शुल्क तोकेको छैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *