२४ घण्टामा कोरोना संक्रमणबाट ९ को मृत्यु, १५५१ मा संक्रमण

आदर्श अनलाइन, काठमाडौँ
नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय ५१ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षीया महिला तथा ललितपुरमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै ललितपुरमै ६१ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षीय, सुनसरीमा ६४ वर्षीय पुरुष र चितवनमा ७० वर्षिय पुरुष तथा नवलपरासी पूर्वमा ७७ वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । आज देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन । त्यस्तै १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *