बैदेशिक रोजगार ठगी केसका फरार प्रतिवादी पक्राउ

आदर्श अनलाइन, पोखरा 
बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादीलाई झन्डै ९ वर्ष पछि कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १६ अर्मला बस्ने ४० वर्षीय हेम प्रसाद गुरुङ रहेका छन् ।

२०६८ साल साउन ८ गते  बैदेशिक रोजगार ठगी केशमा कास्की जिल्ला अदालतको फैसलाले गुरुङलाई लगत नं : १२६२ मा दुई बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेकोमा प्रतिवादी गुरुङ हालसम्म फरार रहेका थिए ।

गुरुङलाई प्रहरीको टोलीले मंगलबार बिहान ८ :५ बजेको समयमा सोही स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *