सिवाइसीले ११ औँ समृद्धि दिवस मनाउँदै

आदर्श अनलाइन, बागलुङ
सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङले ११ औँ स्थापना दिवस मनाउन थालेको छ ।
सहकारीले मंगलबार पत्रकार सम्मलेलन गरी विभिन्न कार्यक्रम गरि समृद्धि दिवस मनाउन लागेको जानकारी गराएको छ ।

२०६७ सालमा स्थापना भएको सहकारीले जिल्लाभर शाखा विस्तार गरेर सेवा दिँदै आएको छ । संस्थाको असोज २२ गते मुल समारोह भए पनि कोरोना कहरले गर्दा समान्य कार्यक्रम गरि मनाउन थालेको संस्थाले जनाएको छ ।

धौलागिरीमा फरक पहिचान बनाउन सफल सिवाईसीले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली समेत सुरु गरेको छ । संस्थाका अध्यक्ष चण्डी शर्मा पौडेलले प्राबिधिसँगै सेवालाई पनि सहज बनाउँदै गएको भन्दै शेयर सदस्यलाई सलर र सहज सेवाका लागि सहकारीले प्रविधिमैत्री सेवा सुचारु गरेको बताउनुभयो ।

समृद्ध दिवसको अवसरमा संस्थाले २१ गते इ–टेलर उद्घाटन तथा सदस्य शिक्षा २२ गते पूर्व संचालक भेटघाट तथा अन्तरक्रिया, बसै जुटौँ कोही नछुटौँ, घरदैलो बाल भेला, जेष्ठ नागरिक भेला लगायतका कार्यक्रम गरि सम्पन्न गर्ने संस्थाले जनाएको छ । संस्थाको ११ वटै केन्द्रमा यो कार्यक्रम मनाईने छ ।

संस्थामा ११ हजार ७ सय शेयर सदस्य रहेका छन् । शेयर पूँजी २१ करोड, ५८ लाख, १८ हजार २ सय छ भने १ अर्ब २७ करोड ८० लाख बचत रकम रहेको छ ।

संस्थाको कुल सम्पत्ति १ अर्ब ७१ करोड, ४१ लाख २४ हजार ५६ रहेको छ । संस्थाले ११ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरेको छ । यस संस्थामा ६६ जना कर्मचारी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *