बागलुङमा ३२ जनामा कोरोना संक्रमण

आर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नेपाली सेना र नेपाल पुलिस सहित ३२ जनामा कोराना संक्रमण पुष्टि भएको छ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ८ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का ३० वर्षीय पुरुष र वडा नम्बर १ का २२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । सबै जना भारतदेखि आएर क्वारेन्टिनमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत ३८ वर्षीय एक पुरुष र नेपाली सेनामा कार्यरत २५, २५, २८, २८, ३०, २८, ३७, २८, २७, २६, २८, २४, ३८, ३६, ३४, ३५, ३०, ३५, ३४, ४२, ३५, ३९, ३८, ३८, ३८, २२, २६ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *