दशैँमा गाउँ नजान सरकारको आग्रह

आदर्श अनलाइन, बागलुङ
दशैँमा गाउँ नजान सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चाडपर्व भन्दै हिँडडुल नगर्न आग्रह गरेका हुन्।

काठमाडौं बढी जोखिममा रहेकाले दशैँमा गाउँ जाने र आउने गर्दा झनै जोखिम बढ्ने उनको तर्क छ ।

उनले भनेका छन्, ‘म सरकारका तर्फबाट अपिल गर्न चाहन्छु । गतिविधि गर्दा जोखिमलाई ध्यानमा राखौं र उच्च सतर्कता अपनाऔं । काठमाडौं जोखिममा छ । चाडबाड नजिक आउँदैछ । यसमा विशेष आग्रह छ । हामी स्वस्थ रह्यौं भने फेरि पनि चाड मनाउन सक्छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *