रिलायबल लाईफ इन्स्योरेन्सले दियाे घातक रोग बीमा उपचार सहयोग

बागलुङ : रिलायबल लाईफ इन्स्योरेन्स बागलुङ शाखाले घातक रोग उपचार बीमा सहयोग हस्तान्तरण गरेको छ ।

ब्रेन् ट्युमरबाट प्रताडित गोर्खा जिल्ला गण्डकी गाउँपालिका घर भई बागलुङ बजारमा व्यवसाय गर्दै आएका कमल थापामगरलाई घातक रोग उपचार बीमा सहयोग प्रदान गरिएको हो । बुधबार एक कार्यक्रमका बीच संस्थाले जटिल रोग उपचार बीमा सहयोग बापत मगरलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकम बागलुङ नगरपालिका—३ की वडाध्यक्ष लक्ष्मी बास्कोटाले मगरलाई हस्तान्तरण गरेकी थिईन् । रकम हस्तान्तरण गर्दै बासकोटाले बीमा कम्पनीले घातक रोग बीमा सहयोग आफुले पहिलो पटक थाहा पाएको भन्दै यसलाई प्रचार प्रसार गर्नुपर्ने बताईन् ।

जीवन बीमा गर्नु भनेको अप्ठ्यारो परेको पर्दाका लागि बचत गर्नु भएकाले विद्यालयमा विद्यालयबाट यसको जानकारी घर घरमा पु-याउनुपर्ने बताईन् । मगरलाई उनको बीमा बाँकी रहने गरी घातक रोग उपचार बीमा सहयोग प्रदान गरिएको रिलायबल लाई ईन्स्योरेन्सका शाखा प्रवन्धक नारायण पौडेलले बताए ।

बीमा वापतको जम्मा एक किस्ता मात्रै जम्मा गराएका मगरलाई घातक रोग ब्रेट ट्युमरको समस्या देखिएपछि उपचारमा सघाउन दुई लाख घातक रोग बीमा उपचार सहयोग प्रदान गरिएको हो ।

मगरको बीमा भने निरन्तर रहनेछ । बीमा अवधि पूरा भएको दिन उनले पनि अरुले जत्तिकै पूरा रकम प्राप्त गर्नेछन् । कार्यक्रमका सञ्चालन रिलायबल लाई ईन्स्योरेन्सका बागलुङ जिल्ला शाखा प्रवन्धक नारायण पौडेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *