बालिका अपहरण गर्ने बिहुँका २ युवा पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका– कि १५ वर्षीया बालिकालाई अपहरण गर्ने २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २० गते विहान विद्यालय हिडेकी बालिकलाई बन्धक बनाई मोटरसाइकलमा लिएर हिडेका काठेखोला गाउँपालिका–६ का १९ वर्षीय प्रेम परियार र सोही ठाउँका २४ वर्षीय सुन्दर विकलाई प्रहरी चौकी विहुँको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विद्यालय हिडेकी बालिकालाई युवाहरुले जबरजस्ती मोटरसाइकलमा राखी विहुँको रामकोट शिवमन्दिर तर्फ लगेको भन्दै बालिकाकी साथिले परिवारलाई खबर गरेकी थिइन् ।

परिवारले तत्काल विद्यालयमा जानकारी गराएको र विद्यालयले प्रहरीलाई जानकारी गराएपछि १ घण्टामै युवतीलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

बालिकालाई परिवारको जिम्मा लगाईएको छ । आरोपितलाई जिल्ला अदालत बागलुङमा अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *