बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ : बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गलकोट नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।

क्षयरोग प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गलकाेट नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर ५ का २०, २०, २२, २५ र ३४ वर्षीय पुरुष, वडा नम्बर ६ का ५२ वर्षीय पुरुष छन् ।

६० वर्षीया एक महिला, २५ र २७ वर्षका दुई पुरुषकाे भने वडा खुलेकाे छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *