पर्वतको फलेवासमा कार दुर्घटना

आदर्श अनलाइन/पर्वत

जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवामा कार दुर्घटना भएको छ ।

फलेवासको खानीगाउँबाट कुश्मा बजार तर्फ आउँदै गरेको बा ६ च ६४६ नम्बरको कार मुडिकुवा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

कार दुर्घटनामा कारमा सवार मध्ये फलेवास ४ मुडिकुवाकी ५५ बर्षिया शान्ति शर्मा पौडेल घाइते हुनुभएको छ । घाइते शर्मालाई उपचारका लागि पोखरा लगिएको छ । कार सडकबाट अन्दाजी १२ मिटर तल खसेको छ ।

कारमा सवार ३ जना यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *