विद्यालय जाने क्रममा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु

आदर्श अनलाइन, पर्वत

विद्यालय जाने क्रममा कुलोले बगाउँदा पर्वतमा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

पर्वत फलेबास नगरपालिका-६ चन्दनी स्थित मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी रानाको चौबिस कुरिया जाने कुलोले बगाउँदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार बिहान करिव ११स्३० मा कुलोले बगाएकी बालिकालाई स्थानीयले उद्दार गरी उपचारको लागि लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

उपचारको लागि लगिएकी बालिकालाइ धुलिखेल अस्पताल खनिगाँउ पर्वतका चिकित्सकले दिउसो १२स्३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *