अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अधिवेशन कात्तिक २२ गते

सन्तोष क्षत्री, बागलुङ
अन्तर्राष्ट्रिय बाग्लुङ सेवा समाजको पहिलो अधिवेशन आगामी कात्तिक २२ (नोभेम्बर ७) गते शनिबार हुने भएको छ ।

अनलाइन मार्फत भर्चुअल रूपमा गरिने अधिवेशनमा ३० भन्दा बढी देशमा गठन भएका बागलुङ सेवा समाजका प्रतिनिधीको सहभागीता हुने जनाईएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज नेपालको गठन र संस्था दर्ता प्रक्रिया सकिए पनि केहि समय पहिलेनै तोकिएको अधिवेशन संस्थाको विधान तथा विभिन्न प्राविधिक कारणल गर्दा केहि समय ढिला गरि सम्पन्न गर्न लागिएको अध्यक्ष होमनाथ शर्माले बताउनुभयो ।

अध्यक्ष शर्माले कोरना महामारीको वर्तमान अवस्थामा भौतिक रुपमा उपस्थित भएर अधिवेशन गर्न सम्भव नदेखिएकोले संस्थाले अनलाइन मार्फत गर्ने निर्णय गरेको बताउनुभयो ।

संस्थाले बिश्वभर रहेका बाग्लुङ बासिहरुको बिशुद्ध सामाजिक अनि साझा चौतारीको रूपमा अगाडि बढाउने उद्देश्यका साथ गठन गरिएको अन्तर्राष्ट्रिय बाग्लुङ समाजको प्रथम अधिबेशनमा सक्रिय सहभागी भइ अधिबेशनलाई सफल पार्नको लागि सबैलाई अनुरोध गरेको छ ।

कार्यसमितिले अन्तर्राष्ट्रिय रुपमा समन्वय गर्ने जिम्मा कार्यसमिती सदस्य एकराज गिरिलाई दिदै अधिबेशन सफल पार्न विभिन्न उप समिति समेत गठन गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *