पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ 
पोखरामा शुक्रबार कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा ८ का ७८ वर्षीय वृद्धको शुक्रबार  बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

वृद्धमा बुधबार स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा बिहीबार कोरोना पुष्टि भएको  पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार संक्रमित वृद्धमा ज्वरो, झाडापखाला र रुघाखोकी लगायतका समस्या रहेका थिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *