कोरोना कहर बीच बागलुङमा यस वर्षको जेसीज सप्ताह सुरु

तस्बिरः राम थापा अविरल

आदर्श अनलाइन, बगलुङ

बागलुङमा यस वर्षको जेसीज सप्ताह सुरु भएको छ ।

पछिल्ला ६ महिना यता जारी कोरोना संकटका कारण नियमित हुँदै आएका र हुनुपर्ने कार्यक्रम, सभा, समारोह ठप्प भए पनि जेसीजले सप्ताहलाई भने निरन्तरता दिएको छ ।

जेसीजले हरेक वर्ष सामाजिक सन्देश प्रवाह गर्ने, युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने बिभिन्न रचनात्मक कार्यक्रम सहित जेसीज सप्ताह मनाउने गरेको छ । जस अनुसार यस वर्ष पनि कोरोना सकसका बीच सामाजिक दुरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शुक्रबारदेखि जेसीज सप्ताह मनाउन थालिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

सप्ताहको धौलागिरी अस्पतालमा रक्तदान कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । रक्तदान कार्यक्रममा जेसीजमा आवद्ध २१ जना युवाले रक्तदान गरेका छन् ।

जेसीज सप्ताहको पहिलो दिन रक्तदान गर्दै युवाहरु ।

जेसीज सप्ताहको उद्घाटन गर्दै धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले समाज र देश बदल्न युवाहरुको सकरात्मक सोच र सक्रियता आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति जब्बरबहादुर लामिछाने, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल, बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम कार्यक्रम जेसीज सप्ताह मूल समारोह समितिका संयोजक सौरभ श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष एञ्जिल शाक्यको आस्था पाठ र महासचिव आनन्द रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *