इन्सेकद्वारा जैमिनीमा समस्या पहिचान कार्यक्रम

आदर्श अनलाइन, बागलुङ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा बागलुङको जैमिनी नगरपालिकामा गठित मानवधिकार निगरानी समुहको बैठकले नगरभित्र भएका समस्याको पहिचान गरेको छ ।

आइतबार जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा मानवअधिकार निगरानी समुह र सरोकारवाला विचमा भएको बैठकले पहिचान भएका समस्याहरुको समाधानको लागि कार्ययोजना समेत निर्माण गरेको छ ।

मानव अधिकार संरक्षण र सम्र्वद्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृदि कार्यक्रमा अन्तर्गत सम्पन्न भएको बैठकले कोरोना भाइरस कोभिड १९ का कारणले जैमिनी नगरपालिकाको शिक्षा, स्वास्थ्य र निम्न आयस्रोत भएका वर्गमा पारेको असर र प्रभाव बारे छलफल गरेको थियो ।

बैठकमा जैमिनी नगरपालिकाका खेती योग्य जमिनको माटो परिक्षण, नियमित बजार अनुगमन गर्नुपर्ने, २०७२ सालको भुकम्प पछि घर भत्किए पनि हालसम्म क्षतीपूर्ती प्राप्त गर्नबाट छुटेर आवास निर्माण गर्न नसकेकाहरुको लागि आवास निर्माण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र छोल शिक्षा सञ्चालन गर्नुपर्ने, बालविवाह न्यूनिकरण तथा रोकथामको लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, दलित जनजाती र पछाडी परेका वर्गहरुको लागि आउने योजना तथा कार्यक्रमहरु लक्षीत वर्ग सम्म पु¥याउनुपर्ने, कोरोना महामारीको विचमा पनि स्वास्थ्य संस्थाहरुमा चेकजाँचको लागि पुग्नेहरुको लागि सहज बातावरण बन्नुपर्ने लगाएतका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा मानव अधिकार निगरानी समुहका संयोजक मेघराज ढकालले जैमिनी नगरपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवसमा नगरपालिकाले गरेका कामहरुको प्रसम्शा गर्दै आगामी दिनमा पनि पालिकाले विषेश रुपमा मानव अधिकारको विषयमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । ढकालले समुहको आगामी कार्यक्रममा नगरपालिका सँग मागदावी गर्ने गरि कार्ययोजना निर्माण गरिएको बताउनुभयो ।

बैठक इन्सेक बागलुङका सहजकर्ता साधना पन्तको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *