सरोजराज पन्त
बागलुङ र पर्वतमा पर्यटनको क्षेत्रलाई लक्षित गरी धमाधम पूर्वाधार विस्तार भइरहेका छन् । अहिले विकास निर्माणका लागि झोलुङ्गे पुलको पनि महत्वपुर्ण भुमिका छ । झोलुङ्गे पुलको जिल्ला बागलुङ अहिले पुलको थप चर्चामा छ । यसरी थप चर्चामा रहनुको कारण बनेको छ, बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे जुन बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीदेखि जोड्ने झोलुङ्गे पुल । वैशाखको सुरुमै निर्माण सम्पन्न भएको पुल निर्माण कम्पनीले हस्तान्तरण गरेसँगै सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गरिएको छ ।
कालीगण्डकी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुलको प्रचार प्रसार गरी पर्यटक भित्राउन कोशेढुंगा सावित हुने यो पुल साविकको धवलागिरी अञ्चलका चारवटै जिल्लामा आउने पर्यटकलाई आर्कषित गर्न सकिन्छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो यो पुल ५६७ मिटर लामो छ । यो पुलबाट एक घण्टा भन्दा बढी पैदल यात्राका लागि लाग्ने समय बचत भइ पाङ देखि बागलुङ १० मिनेटमै पुग्न सकिन्छ । पाङबाट बजारमा आवत जावत गर्न सहज भएकाले पुलले स्थानीयलाई धेरै राहत मिलेको छ । पुललाई पर्यटनसँग समेत जोड्ने गरी आसपासका क्षेत्रमा ब्यवसाय गर्न सकिने देखिन्छ । बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल कम हुने गरे पनि पञ्चकोट,कालिका मन्दिर, भैरवस्थान मन्दिरसँगै बागलुङ र पर्वतमा पूर्वाधार विस्तार भए पछि पर्यटकको चाप बढ्ने अपेक्षा गर्न थालिएको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्वतको बञ्जी जम्प र कुश्माका अन्य पुलहरु आसपासको क्षेत्र पर्न थालेको छ भने बागलुङमा यो पुल खुलेपछि सर्वसाधारणको भिडभाड देखिन्छ । यद्यपी, कोरोनाको जोखिम बढदै गएकोले तत्काललाई पुलमा आवत जावतमा कडाई गर्नुपर्ने देखिन्छ ।
कृषि तथा पर्यटकीय गतिविधि बढाउन उपयोगी हुने यो पूल आन्तरिक तथा बाह्य अवलोकनकर्ताका लागि समेत रोमाञ्चक हुने देखिन्छ । दुई जिल्ला जोड्ने पुल निर्माण भए पछि स्थानीय कृषि, दुग्ध, तरकारी उत्पादनमा सहज हुने र ति उत्पादनले सहज बजार पाउने र पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक स्तर अभिबृद्धिमा सहयोग पुग्नेछ । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने गरे पनि अब यो पुलले पन्ध्र मिनेटमा नै पुगिने भएकोले यो पुलबाट दैनिक जीवन सहज हनेछ ।
यसबाट कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर माथि बनेको पुल पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । संस्कृतिकर्मी एवंम साहित्यकार प्रेम छोटा परापूर्वकालदेखि सँस्कृत र सांस्कृतिक सम्पदासँगै ज्योतिषको संगम भएका दुई जिल्ला पर्बत र बागलुङ जोड्ने पुलले राष्ट्रभरि नै पहिचान बनाउने देखिएको बताउँछन् । ऋषि महर्षिहरुको तपोभूमि, धार्मिक, सांस्कृतिक, ज्योतिष, साहित्य र सम्पदाको कारण अब यस क्षेत्रको पर्यटन प्रर्वद्धन, विकास र आर्थिक समृद्धिका लागि झोलुङ्गे पुलले महत्वपुर्ण टेवा पुग्ने देखिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्वत र बागलुङ धार्मिक मठ मन्दिर, गुप्तेश्वर गुफा, पार्वतीको जन्म स्थान पाङ, पञ्चकोटले, ढोरपाटन शिकार आरक्ष आदिले प्रसिद्ध रहेका छन । बागलुङ जिल्लाको नेपाली हाते काज (लोक्ता) मालिङ्गोको बुट्टेनली, हुक्के नली, राडी पाखी, बाँसको काइयो, भाङगो आदिमा प्रसस्त सम्भावना छन् ।
सांस्कृतिक विविधता, सामाजिक चालचलन, प्राकृतिक सौन्दर्य मनोरम वातावरण, पर्यटकहरुका मन जित्ने ठाँउ हुन् । यहाँ टलक्क टल्कने हिमाल, कलकल बग्ने झरना, मनोरम तालहरू, खोच गल्छी आदि प्रसस्त रहेकाले आर्थिक सांस्कृतिक, धार्मिकसँगै विभिन्न अवसरहरु सृजना गरेका छन् । मुक्तिनाथको धार्मिक पर्यटनदेखि बागलुङ कालिका, पञ्चकोट, पर्वत सेतीवेनी शिला, गुप्तेश्वर, म्यादीको गलेश्वर, गुल्मीको रिदी आदि पर्यटकीय आकर्षणका क्षेत्रहरु र नेपालको एकमात्र शिखर आरक्षण ढोरपाटन नेपालको हालसम्मको ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ यिनीहरुले पर्यटकलाई दिनहुँ डाँकिरहेका छन् । नेपालमा रहेका प्राकृतिक सम्पदा, जलजङ्गल जमिन जडीबुटी, जनावर, जलचर आदिलाई जनशक्ति व्यवस्थापनसँगै समुचित प्रयोग गर्न सकेमा अब ढोरपाटन शिकार आरक्ष, कालिका भगवती, भैरव स्थान मन्दिर, पञ्चकोट, गाँजाको दह, गल्कोट दरवार, विहुँकोट, घुम्टेको लेक, ढोरपाटन बराह मन्दिर, गाजा दह र धुरी संसारकोट, हाडिकोट धुरी,घोडा बाधेका सुन्दर रमणीय वातावरण र अन्य विभिन्न झोलुगं पुलहरु बाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सहज हुनेछ ।
यो पुलले स्थानीय उत्पादनमा बृद्धि हुन गई ग्रामीण पर्यटनमा टेवा पुग्ने छ भने विदेशी मुद्रा आर्जनमा र अन्र्तराष्ट्रिय लगानीका अवसरहरु सृजना गर्न सकिने छ । पर्यापर्यटनमा वृद्धिसँगै पूर्वाधारको विकास र समृद्धिको बाटो खुलाउन र बेरोजगारी समस्या हटाउन, स्वावलम्बी बन्न साना उद्योगधन्दा, कृषि उत्पादनमा वृद्धि हुनेछ । राजस्व संकलनमा वृद्धि गर्न पर्यटनसँग माउन्टेनियरिङ, पदयात्रा, नौकाविहार, साइक्लिङ आदिमा बृद्धि गरी बौद्धिक पलायन रोक्न, सभ्यता, शिष्टता जस्ता सीपको सहकार्य गर्न सहज हुनेछ । यस्ता अथाह सौन्दय र सम्भावना भएको यस क्षेत्रको प्रचारप्रसारको कमिले गर्दा चुनौतीको चाङलाई अतिथि देवो भवः को आत्मसाथ गर्र्दै पर्यटकहरुलाई व्यवस्थित ढङ्गले स्वागत एंव सत्कार गर्नुपर्दछ ।
त्यसैले जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक वातावरणीय, साहित्यिक, शैक्षिक पक्षलाई उजागर हुने गरी आर्थिक रुपमा सवल बन्न र थप प्रचार प्रसारसँगै एकीकृत विकास गर्नु आजको आबश्यकता हो । यसैगरी यस जिल्लामा अबस्थित भई निर्माण भइरहेका वृहत राष्ट्रिय गौरबका योजनाहरु कालिगण्डकी करिडोर र मध्यपहाडी राजमार्गले व्यापारिक केन्द्रको रुपमा स्थापित हुने पर्यटन बिकासमा बिशेष ध्यान जान आबश्यक छ । अब बागलुङ पर्यटकको रोजाइको शहरको रुपमा विकसित गराउन ठूलो लगानीबाट बनेको यो झोलुंगे पुलकोे राम्रो संरक्षण र प्रयोगको प्रवन्ध मिलाउनुपर्ने देखिन्छ ।
अथाह प्राकृतिक सम्पदा खोलानाला खोच, गल्छी, आदि) र सांस्कृतिक सम्पदा, मठ मन्दिर, बहुँजातीय, संस्कृति, संस्कार, लोकनृत्य, लोकधुन, लोकबाजा आदि रहेको यो क्षेत्र समृद्धिका लागि सबै एक जुट बनेर हातमा हात, काँधमा काँध र इच्छा शक्तिसंगै कर्मशील बनेर अगाडी बढ्न सके यहाँ रहेका अनेकौँ पर्यटकीय सम्भावनालाई चुम्न कठिन हुने छैन । देश विकासको मुख्य खम्बा सार्वजनिक नीजि साझेदारीबाट देशलाई समृद्ध बनाउन यातायात, सञ्चार र सूचना प्रविधिको विकास विस्तारले ढपक्कै ढाक्दै गएकोेले सोही अनुरुपको प्राविधिक शिक्षा, रोजगारीका अबसरका लागि नेपाल भ्रमण वर्ष २०२० लाई यो पुल पर्यटनको विकासको परिचय बनाएर स्वदेशी तथा विदेशी पर्यटकको मनमा बस्न संसारभर सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रको सूचिमा पार्नु जरुरी छ ।