कोरोना संकटसँगै आएका अवसरको पहिचान गरौ : बिनोद चौधरी

आदर्श अनलाइन, बागलुङ

नेपालको सफल उद्योगी व्यवसायीको रुपमा स्थापित बिनोद चौधरीले कोरोना भाइरसको भयावह सँगै उद्योग व्यवसायमा ठुलो संकट सिर्जना भए पनि अब यस भित्रै अवसरको खोजी गर्नुपर्ने बताएका छन् ।

बागलुङ जेसीजद्धारा आयोजित जेसीज सप्ताहको तेस्रो दिन ‘युवा उद्यमशीलता चुनौती र अवसर’ बिषयक भर्चुअल कार्यक्रममा युवाहरुलाई उद्यमशील बन्न आग्रह सहित चौधरीले सबै भन्दा पहिले सकरात्मक सोँच र परिवर्तनका लागि आफुलाई तयार गर्नुपर्ने बताए ।

नेपालीले आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर भारतबाट खाद्य सामाग्री ल्याइरहेको नमिठो यथार्थ प्रस्तुत गर्दै अब स्थानीय स्तरमै यसका सम्भावना र अवसरको पहिचान तर्फ केन्द्रित हुनुुपर्नेमा जोड दिए । कोरोना महामारीले समस्या मात्र नभएर अहिले धेरै मानिसहरुलाई अवसर पनि सृजना गरेको उनको भनाई थियो । मानिसहरुले अवसरलाई पहिचान गर्न सकेमा विदेशी भुमीमा गएर आफ्नो पसिना बगाउनु नपर्ने चौधरीले बताए । उहाँले अहिले नेपालमा प्रविधिमा आएको परिवर्तनका साथै ज्ञान, सिपको यथोचित प्रयोग गरेर देशमै राम्रो आयआर्जन सहितको उद्योग व्यवसाय गर्ने सम्भावना प्रचुर भएको बताए ।

जेसीजले सप्ताहका अवसरमा रक्तदान सहित बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, उपाध्यक्ष एञ्जिला श्रेष्ठको आस्था पाठ र उद्यमशीलता चुनौती र अवसर कार्यक्रमका संयोजक आकृति भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *