बाल संगठन बागलुङको सभापतिमा जिसी

आदर्श अनलाइन, बागलुङ
बाल संगठन बागलुङको सभापतिमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सम्पादक राम बहादुर जिसी नियुक्त हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका जिसी पत्रकारिता, संगै सहकारी अभियानमा समेत सक्रिय हुँदै आउनुभएको छ ।

जिसी मंगलबार नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको नेपाल बाल संगठन बागलुङको सभापतिमा नियुक्त हुनुभएको हो ।

आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्श सञ्चार डटकमका सम्पादक हुनुहुन्छ । जिसी राष्ट्रिय सहकारी बैंकको सञ्चालक समेत रहनुभएको छ । जिसी पूर्व बागलुङको इन्सेक प्रतिनिधि समेत हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *