नापी कार्यालयमा भद्रगोल : सेवाग्राहीलाई भोटेताल्चा,छाडा चौपाय कार्यालय भित्रै

आदर्श अनलाइन, बागलुङ

नापी कार्यालय बागलुङको कार्यालय अस्त व्यस्त भएको पाइएको छ ।

सरकारी कार्यालयले कोरोना कहरमा पु¥याउनु पर्ने न्यूनतम मापदण्ड पुरा नगरेको, सेवाग्राहीलाई अनावश्यक दुख दिएको र कार्यालय भित्रै छाडा पशु चौपाय रहेको पाइएको छ ।

बुधबार दिउँसो १२ बजे नापी कार्यालयका कार्यालय प्रमुख योगेन्द्र कुमार यादव कार्यकक्षमा भेटिनुभएन । दिउसो १२ बजे कार्यकक्षमा हुनुपर्ने कार्यालय प्रमुख आवसमा बस्नुभएको थियो । कोरोना कहरलाई देखाउदै कार्यालयको मुख्य गेटमा भोटे ताल्चा लगाएको कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ ।

कार्यालयमा रहेका प्रमुख देखि सबै कर्मचारीले माक्स समेत लगाएका छैनन् । ‘चेनगेटमा चापी लगाइएको छ, हामीलाई सेवा लिन समस्या भएको छ, हामी माक्स लगाएर आएका छौं, कर्मचारीले मास्क पनि नलगाउने,अनावश्यक दुख दिन चापी लगाउने, यो त अति भयो’ नाम नवताउने सर्तमा एक सेवाग्राहीले भन्नुभयो ।

उता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीले नागरिकलाई माक्स लगाउन बेलाबेलामा सडकमा सचेतना गरेपनि आफ्नै मातहतको कार्यालयमा भने स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई सेवा ग्राहीलाई गेट बाहिरै राखेको पाइएको छ ।

चेनगेटमा भोटे ताल्चा लगाएर झ्यालबाट सेवा दिदै आएको कार्यालय परिसरमा भने छाडा पशु चौपाय चर्दै थिए । यस विषयमा कार्यालय प्रमुख यादवले कोरोनाका कारण मुख्यगेटमा चापी लगाएर झ्यालबाट सेवा दिएकोे बताउनुभयो ।

यसरी सरकारी कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड जस्तै ः हेल्थ डेक्स, सेनिटाइजर, हाँत धुने स्थान अपनाउन नसकी कार्यालयमा ताल्चा लगाउने, छाडा पशु चौपायलाई कार्यालय भित्रै पस्दा समेत थाहा नपाउनु हेलचक्राई हैन र ? जिल्ला प्रशासनले माक्स लगाउन नागरिकलाई मात्र आग्रह गर्नेकी हापूm मातहतका कार्यालयलाई समेत आग्रह गर्ने ?

यस विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उपेन्द्रराज पौडेलले सरकारी कार्यालयले स्वास्थ सुरक्षा मापदण्ड अनिवार्य अपनाउनु पर्ने बताउनुभयो ।

‘हामीले नागरिकलाई आग्रह गरिरहेका छौं भने कर्मचारीलाई आग्रह नगर्ने कुरै भएन’ पौडेलले भन्नुभयो ‘सरकारी कर्मचारीले मापदण्ड अपनाएर सेवा दिनुपर्ने हुन्छ, त्यस्तो नगरेको पाइएमा जुन सुकै कार्यालयका कर्मचारीलाई कार्वाही गर्न समेत हामी पछि पर्दैनौं ।’ कुनै पनि कार्यालयले कोरोनाको कारण सेवाग्रहीलाई दुख नदिन पौडेलले आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *