११ भरुवा बन्दुक सहित ११ पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले ११ भरुवा बन्दुक सहित ११ जनालाई पक्राउ गरहेको छ ।

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकीबाट मंगलबार राती खटिएका प्रहरीले आज बिहान तमानखोला गाउँपालिकाबाट ११ वटा भरुवा बन्दुक सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार आज विहानैबाट पक्राउ गरिएका ११ जनाको मचुल्का बनाई रहेको र भोलीमात्रै पक्राउ गरिएकालाई जिल्ला प्रहरी कार्यालय बागलुङ झिकाई सार्वजनिक गरिनेछ ।

पक्राउ पर्नेमा बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ का ११ जना रहेका छन् । ११ जनामध्ये ९ जनाबाट एक÷एक थान र एक जनाबाट दुईथान भरुवा बन्दुक बरामद गरिएको छ भने एक जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो । पक्राउ गर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *