बागलुङमा आज थप ५१ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ

बागलुङमा बिहीबार विहानै थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यो सँगै बागलुङमा संक्रमित संख्या ५ सय ८५ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन् । यसका साथै काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, तमानखोला गाउँपालिकाका ६ जना, बागलुङ नगरपालिका ४ का एक जना पुरुष बाहेक अरु सबै कन्ट्याक्ट ट्रेसिङका हुन् ।

कोरोना संक्रमणका कारण चैत्र दोस्रो सातानै सुरुवाति भयावह बेहोरेको बागलुङमा केही साता अघि सम्म नियन्त्रण उन्मुख देखिए पनि अघिल्लो सातादेखि पुनः कोरोना संक्रमण दर बढेको छ । जसका कारण जिल्लामा संक्रमणको जोखिम थप बढेको छ । हाल सम्म संक्रमित भएका मध्ये ३ सय ८८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ । बुधवार मात्र एक ७७ वर्षीय किराना व्यवसायी पुरुषको कोरोना संक्रमणका कारण पोखराको चरक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *