चाडबाडमा अनावश्यक खर्चः संस्कृति कि विकृति ?

शुभेच्छा पन्त
नेपाल मौलिक सँस्कृति, चाडपर्वले विश्वमा नै धनी मुलुकको रुपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्व लोपोन्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वमा विकृति मिसिएका छन् । धार्मिक ग्रन्थमा लेखिएका चाडपर्व मनाउने पद्धति पछिल्लो समय फरक भएको छ ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुजातिय देश हो । यहाँ मनाउने बिभिन्न चाडपर्व, मेला, महोत्सवका कारण ( नेपाललाई महोत्सवहरूको देश पनि भनिन्छ । प्रत्येक दिन एक वा अर्को समुदायका लागि उत्सवको दिन हुन्छ । सबैको राम्रो पक्ष भनेको एकको आफ्नो संस्कृतिमा गर्व हो र अर्कोका लागि सम्मान हो । यही कारणले गर्दा यि असंख्य संस्कृति र चाडपर्वहरु मिलेर मनाउने गरिन्छ ।

चाडबाड भनेको साधारणतया कुनै समुदायले मनाउने धर्म वा संस्कृतिमा केन्द्रित हुने विषय हो । धेरै प्रकारका चाडहरूले मानिसलाई मनोरञ्जन प्रदान गरेको हुन्छ । प्रत्येक वर्ष नेपालमा ५० भन्दा बढी उत्सवहरू मनाइन्छन् । सामान्यतया राष्ट्रिय चाडहरू केही निश्चित मितिहरूमा मनाउँछन् । नेपाल सांस्कृतिक विविधतामा धनी रहेको छ । नेपालमा चाडपर्वहरु धार्मिक पक्षबाट सुरु हुन्छन् । र आर्शिवाद खुशीको साथमा परिवार तथा आफन्तजनबाट लिइन्छ । नेपालका केही प्रमुख चाडहरू दसैं, तिहार, माघे संक्रान्ति, ल्होसार, महाशिवरात्री, फागु पूर्णिमा (होली), बुद्ध जयन्ती र तीज आदी रहेका छन् । नेपाल एक विविधता भित्र अनेकता भएको देश हो, जहाँ विविध परिदृश्य, धनी जैविक विविधता र त्यहाँ बस्ने मानिसहरूका विविध संस्कृति छन् । प्रत्येक समुदायले उनीहरूको अनौठो संस्कृति र परम्परा राख्छ, जुन उनीहरू शताब्दीयौंदेखि पछ्याइरहेका छन् । ती मध्ये प्रत्येकको आफ्नो विश्वास र चाडहरु छन् ।

मानवको रूपमा हामी हाम्रो जीवनयापन र अस्तित्वका लागि हामीले यो समाजमा विभिन्न संस्कृति, परम्परा, संस्कार, रितिरिवाजलाई आत्मसाथ गर्दै आएका छौं । सामान्यतया चाडपर्वलाई परम्पराको रुपमा लिन्छौ, जुन हाम्रो महिमा र पहिचानसँग मिल्दोजुल्दो पनि हुन्छ । नेपालको सन्दर्भमा आजको आधुनिक पुस्ताले हाम्रो संस्कृति, परम्परा र चाडपर्वलाई उत्तम नभई असभ्य बनाएको छ । आधुनिकीकरणका कारण चाडपर्वहरू नकरात्मकता तर्फ उन्मुख हुन थालेको छ ।

नेपाल मौलिक सँस्कृति, चाडपर्वले विश्वमा नै धनी मुलुकको रुपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरु लोपोन्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वमा विकृति मिसिएका छन् । धार्मिक ग्रन्थमा लेखिएका चाडपर्व मनाउने पद्धति पछिल्लो समय फरक भएको छ । नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरु मनाउने शैली फेरिएसँगै यसमा विभिन्न किसिमका विकृति मिसिएका छन् । नेपालमा मुख्य गरि मनाइने पर्वहरुमा दसैँ, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यतामा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा साँस्कृतिक पर्वहरुमा भएका कुरितीलाई हटाउँदै सभ्य तरिकाले मनाउनु पर्नेमा पछिल्लो समय झन् विकृति थपिएर जटिल बनाएको छ । अहिले चाडबाड घरमा नमनाएर होटल, पार्टी प्यालेसमा मनाउने गतिविधि बढेको छ । मानिसले आफ्नो संस्कृति बिर्सेर छाडापनसँगै विकृति भित्रिएको छ ।

चाडबाडमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन पनि आएको छ । चाडबाडमा अनावश्यक खर्च गर्नु राम्रो होइन । हामीले सामान्य ढङ्गबाट चाडबाड मनाएर पनि संस्कृति जोगाउन सजिलै सकिन्छ । चाडपर्वका नाममा फजुल खर्च गर्दैमा हाम्रो संस्कृति जोगिदैन् । अरु घोडा चढे भनेर आफू धुरी चढ्नु मुर्खता हो । चाडपर्व हाम्रो संस्कृति हो र यसमा हामीले आफ्नो हैसियत हेरेर खर्च गर्नुपर्छ । मानिसहरु नयाँ लुगा लाउने र मीठो खाने गर्छन् । त्यो गरेर मात्र मानिस ठुलो भइँदैन् । शुद्ध मनले चाडपर्वहरु मनाउनु पर्दछ र घाँटी हेरी हाड निल्ने काम गर्नुपर्छ ।

चाडपर्व मनाउनुपर्छ, त्यो चलिआएको संस्कृति हो । तर कतिपय मानिस जुवा, तास र जाँड रक्सीमा अनावश्यक खर्च गर्छन् । त्यो चाही विकृति नै हो । कुनै पनि धर्मले आफ्नो चाडबाडमा धेरै खर्च गर्नु भनेको हँुदैन । आफ्नो आर्थिक स्थितिले भ्याए सम्म मात्र हामीले खर्च गर्नुपर्छ । दुई दिन मनोरञ्जन गरेर धेरै ऋण गर्नु भन्दा जे जस्तो छ, त्यहीँ खानु पर्छ । यदि आफुसँग धेरै पैसा छ भने हामीले समाजका रोगी, असहाय, गरिब, बालबालिका, ज्येष्ठ नागरिकलाई सहयोग गरेमा पुण्य कमाउनु पर्छ । चाडपर्व महँगा गहना लगाउने चलन छ । र गहनाको निहुँमा चोरी, डकैती, अपहरण जस्ता गतिविधि बढेका छन् । यसले गर्दा समाजमा असमानता सिर्जना भएको छ । अहिले भने मानिसहरुको ध्यान चाडपर्व मिलेर मनाउनु, ठुलाबडाको आर्शिवाद लिने भन्दा पनि कसरी तडकभडक देखाउने,अरुको भन्दा राम्रो गहना, महङ्गा लत्ता कपडा, लुगा लगाउने भन्ने होडबाजी हुने गरेको देखिन्छ ।

प्रत्येक मानिसको जीवनमा चाडपर्वहरूको महत्वपूर्ण भूमिका रहन्छ । चाडपर्वहरूमा परिवारका सबै सदस्यहरू एक ठाउँमा भेट्छन्, उत्सवसँगै मनाउनुहोस् । चाडपर्व गौरवशाली सम्पदा, संस्कृति र परम्परा संरक्षण गर्ने एक महत्वपूर्ण माध्यम हो । चाडबाड भनेको आफन्तजनसँग दुःख सुखका कुरा पोख्ने, भेटघाट गर्ने भावनाहरू आनन्दित समय हो । चाडपर्वका दुबै सामाजिक र आर्थिक कोणहरू छन् । चाडपर्वहरूले हामीलाई हाम्रा सबै चिन्ताहरू बिर्सने र जीवनको सकरात्मक पक्षको उत्सव मनाउने अवसर दिन्छन् । चाडपर्वहरूले तनाव कम गर्ने जस्ता कार्य गर्दछ र हाम्रा भावनाहरूमा सन्तुलन राख्न मद्दत गर्दछ ।

चाडपर्वमा समुदायको सहभागिताले समुदायमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभाव ल्याउँदछ । जबकी केही समुदायहरू घटनाबाट आर्थिक स्रोतहरू प्राप्त गर्न खोजिरहेका छन् । केही अन्यले आफ्नो बाँकी समाजबाट राजनीतिक र सांस्कृतिक मान्यता खोजिरहेका छन् । समाजजे संस्कृति पक्षलाई मान्यता दिन्छ । तर मानिसहरु अरुलाई देखाउन फजुल खर्च गर्छन् । आफ्नो हैसियत वा क्षमता अनुसार चाडपर्व मनाई संस्कृति जोगाउने तर्फ हामी लाग्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *