६५० ग्राम गाँजासहित एक युवा पक्राउ

आदर्श अनलाइन, पाेखरा
कास्की प्रहरीले पोखरा–३ नदीपुरबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ६५० ग्राम गाँजा निलो रंगको प्लाष्टिकको झोलामा लिएर हिडिरहेको अबस्थामा ती युवालाई नदीपुरबाट पक्राउ गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रक घरभई हाल पोखरा–१० रामबजार बस्ने २० वर्षीय प्रकाश विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

प्रहरीले विकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । विकलाई वडाप्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *