सिलिण्डर ग्यास विस्फोट हुँदा म्याग्दीका ६ सहित ११ जना घाइते

आदर्श अनलाइन, काठमाडौं
काठमाडौं महानगरपालिका–१६, नयाँबजार स्थित निरकुमारी क्षेत्रीको घरमा सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

म्याग्दीको बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उहाँका छोरा संकल्प क्षेत्री सहित परिवारका ५ र ६ जना आफ्न्त घाइते भएका हुन् ।

क्षेत्रीका श्रीमानको बुधबार निधन भएको थियो । किरियापुत्री बसेको कोठामा रहेको ग्यास लिक हुँदा घरमा रहेका अन्य २ वटा ग्यास सिलिण्डर समेत विस्फोट भएको बताइएको छ ।

विस्फोटमा परी किरियापुत्री भेट्न पुग्नु भएका म्याग्दी बेनीका चन्द्र केसीको खुट्टा भाँचिएको छ । उहाँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । अन्य समान्य घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटबाट क्षत्रीको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने छिमेकीको घरमा समेत क्षति पुगेको क्षेत्रीका आफ्न्त दुर्गा कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *