सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १४ औं वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ
सराङ्गकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

२०६३ मा स्थापित भई रेडियो सराङ्गकोटको संचालनसंगै २०७० देखि बचत तथा ऋणको कारोबार गर्दै आएको यस संस्थाले १ अर्ब ७० करोडको कुल कारोबारसंगै ऋण लगानी ३५ करोड, शेयर पुजी ५ करोड ५ लाख र कुल बचत ४५ करोड गरेको छ ।

साधारण सभाले सचिव कृष्ण बहादुर थापाद्धारा प्रस्तुत वार्षिक संस्थागत प्रतिवेदन एंव प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष मिन बहादुर अधिकारीद्धारा प्रस्तुत आर्थिक लेखा प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाद्धारा प्रस्तुत संस्थागत स्थिति विवरण, लेखा समिति संयोजक शिव बहादुर बानियाँद्धारा प्रस्तुत लेखा प्रतिवेदनलाई पारित गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै संस्थाका सल्लाहाकार भाष्कर पंडित कमल नयन गौतमले सहकार्यका लागि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे । भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकृत सागर खनालले सहकारी ऐन, नियमका बारेमा जानकारी संचालकहरुलाई हुनुपर्ने र प्रदेश सरकार सहकारीको विकासमा सदैब कटिबद् रहेको बताउनुभयाे ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सी.को सभापतित्वमा भएको कार्यक्रममा रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेत, सल्लाहाकार इन्द्र कमल मानन्धर, राममणि पौडेल, उपाध्यक्ष बसन्त बहादुर बानिया, ऋण समिति संयोजक रामचन्द्र थापा, संचालक माया कुमारी शर्मा, छविलाल तिमिल्सिना, कुल प्रसाद सुवेदी लगायतले आ–आफ्नो धारण राखेका थिए । २८ गतेबाट शुरु भएको साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *