दसैँ तिहारका लागि एक करोडको खसीबोका बिक्री गर्दै सहकारी

आदर्श अनलाइन, बागलुङ
नेपालीहरुको महान पर्व दशै तिहार नजिकिएसंगै च्याङ्गा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशै तिहारमा मासुका लागि प्रयोग गरिने च्यायङ्गाको कम आयात र मुल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ ।

बागलुङ जिल्लको एक गाउँमा दशै र तिहारका लागि बिक्रि गर्नका लागि एक हजार खसी बोका तयार भएका छन् । नजिकिदै गरेको दशै तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रिका लागि तयार गरेका हुन् ।

तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरुले खसी तथा बोका बिक्रिबाट वार्षिक रु. दुई करोड भित्राउदै आएका छन् । जसमध्ये दशै तिहारमा मात्रै करिब एक करोडको खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाहरुले सहकारी मार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका छन् ।

दशै तिहारका लागि सप्तरंगी सहकारीले ३९५ र बसन्त सहकारीले ६०० खसी बोका गरी जम्म ९९५ खसी बोका विक्रीका लागि तयार भएको जनाएका छन् । दशै तिहार नजिकिएसंगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रिका लागि पठाउन थालिएको बसन्त सहकारी संस्थाका प्रबन्धक हेमा बिकले जानकारी दिनुभयो ।

“वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दशै तिहारमा हुन्छ” बि.कले भन्नुभयो “गाउँमा उत्पादन भएका खसीबोका सहकारी मार्फत बजारीकरण गरिन्छ, कुल खसी बोकाको कारोवार मध्ये आधा कारोवार दशै तिहार लक्षित हुँने गरेको छ ।”

दुई सहकारीमा आवद्ध महिला शेयर सदस्यहरुले उत्पादन गरका खसीबोका सहकारी मार्फत बागलुङ बजारमा बिक्रि गरिदै आएको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रवन्धक मनकुमारी पुनले जानकारी दिनुभयो ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ४५० मा संकलन गर्ने र ४५५ विक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलाहरुलाई सहज भएको छ । सहकारीका शेयर सदस्यहरु मध्ये एक वर्षमा पाँच देखि ३० वटा सम्म खसीबोका उत्पादन गर्दै आएकासप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रवन्धक पुनले बताउनुभयो ।

उहाँका अनुसार तंग्रामका खसी बोका बागलुङ बजार र आसपासका क्षेत्रमा विक्री हुदै आएका छन् । हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङको व्यवस्थापनमा साविक तंग्राम गाविसमा विगत ८ वर्षदेखि पशु वस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सवलकीरण परियोजना सञ्चालनमा रहेको छ ।

उक्त रियोजनाबाट सप्तरंगी सहकारीमार्फत २ सय ९६ जना र बसन्त सहकारी मार्फत ६ सय ११ जना शेयर सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरि बाख्रापालनमा अग्रसर बनाइएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो । सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *